जाजरकाेट । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी अनियमिततामा संलग्न रहेको भन्दै गृहमन्त्रीको राजीनामा मागेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार संसदमा जवाफ दिएका छन् ।
प्रधानमन्त्रीले रोष्टममै उभिएर उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको बचाउ गरेपछि कांग्रेसले भने संसदीय छानबिनको विकल्प दिएको छ ।
जीबी राई समूहले सञ्चालन गरेका सहकारीहरुको अनियमिततालाई लिएर लामिछानेमाथि प्रश्न उठ्दै आएको थियो । पोखराको सूर्यदर्शन, चितवनको साहारा, बुटवलको सुप्रिम लगायतका सहकारीमा बचतकर्ताले जम्मा गरेको करोडौं रकम अनियमितता गर्दै ग्यालेक्सी टीभीमा समेत खर्च गरेको पाइएको छ ।
राजनीतिमा आउनुअघि उक्त टीभीको प्रबन्ध निर्देशक रहेका लामिछानेका नाममा समेत रकम निकालेको देखिएपछि रविमाथि निरन्तर प्रश्न उठ्दै आएको छ । रविले भने आफूले रकम नलिएको र अनियमिततामा संलग्न नभएको दाबी गर्दै आएका छन् ।



































प्रतिक्रिया दिनुहोस्