सत्य तथ्य समाचार, सूचनाको सञ्चार
२०८३ जेठ ५ गते मंगलबार

सिआईएनकर्मी शर्माको निधन



काठमाडौ । पत्रकार तथा पुर्वसीआईएनकर्मी सीता शर्माको निधन भएको छ । नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा नवलपरासीकी सदस्यसमेत रहनुभएकी शर्माको ३२ वर्षको उमेरमा मङ्गलवार निधन भएको हो ।

श्वास प्रश्वासमा असजिलो हुनुकासँगै मुटु दुख्न थालेपछि जिल्ला अस्पताल परासीमा भर्ना गरिएको थियो । त्यहाँबाट थप उपचारका लागि बुटवल मुटु अस्पताल पुर्‍याउँदा अस्पतालले निधन भएको जनाएको पत्रकार महासंघ नवलपरासीका अध्यक्ष हरि शर्माले जानकारी दिनुभयो । 

शर्मा १० दिन अघि सुत्केरी हुनु भएको थियो । काठमाडाैँको केएमसी अस्पतालमा सुत्केरी हुने क्रममा न्यून रक्तचापसँगै अक्सिजनको मात्रा पनि कम भएपछि उहाँलाई अस्पतालमै उपचार गरिएको थियो ।

अवस्था सामान्य भएपछि शर्मालाई केही दिन अघि मात्र रामग्राम नगरपालिका१ परासीस्थित घरमा पुर्‍याइएको थियो । तर फेरि स्वास्थ्य समस्या देखिएपछि काठमाडौँ लैजाने क्रममा बाटोमा स्वास्थ्य अवस्था जटिल बनेपछि परासीस्थित जिल्ला अस्पतालमा लगिएको थियो ।

क्रियाशील पत्रकार महिला नवलपरासीकी संस्थापक अध्यक्षसमेत रहनुभएकी शर्मा पत्रकार महासङ्घ नवलपरासीका सदस्य पनि हुनुहुन्थ्यो । उहाँ यसअघि सीआईएनका साथै  विभिन्न सञ्चारमाध्यममा आवद्ध हुनुहुन्थ्यो । 

प्रकाशित मिति : २०८० कात्तिक ८ गते बुधबार