मुगु । जिप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या पाँच पुगेपछि आकस्मिक चार जना घाइतेलाई मङ्गलवार दिउँसो नेपाली सेनाको हेलिकप्टर मार्फत उपचारका लागि नेपालगन्ज ल्याएको छ । दुई जनाको घटनास्थलमा दुई जनाको सोमवार राति उपचार गदा गर्दै बाटोमा मृत्यु भएको थियो भने सोमवार एक जनाको मङ्गलवार बिहान उपचार गर्दै गर्दा सोरु गाउँपालिका–५ का लोकजङ्ग नेपालीको मृत्यु भएपछि बाँकी चार जनालाई मङ्गलवार दिउँसो नेपाली सेनाको हेलिकप्टरबाट उपचारका लागि नेपालगन्ज लगिएको हो ।
सोमबार बेलुका ४ बजे सोरु गाउँपालिकाबाट मुगु जिल्ला सदरमुकाम गमगढीतर्फ आउँदै गरेको ग १ ज ७७६२नम्बरको बोलेरो जिप सोरु गाउँपालिका–७ ९सीप पहिरो चिप्लेगाडामा दुर्घटना भएको थियो । प्रनाउ महेश बस्नेतका अनुसार मृत्यु हुनेमा हुम्ला जिल्ला सर्केगाड–२ रिपगाउँका एकै नाम थरका दुई जना राम परियार, सोही ठेगानाका प्रकाश बोहोरा र पिउस परियार र सोरु गाउँपालिका –५का लोकजङ्ग नेपाली सहित पाँच जनाको मृत्यु भएको छन् ।
यस्तै गम्भीर घाइतेहरूमा मुगु जिल्ला सोरु गाउँपालिका–७ सीप गाउँका चालक दिनेश लावड, सोरु–५ का गोविन्दा शाही, सोरु–६ का सेरे रोकाया र हुम्ला सिमिकोट–२ का उद्दीप बोहोरा पनि घाइते भएका छन् । घाइतेको अवस्था चिन्ताजनक भएपछि हेलिकप्टर मार्फत उपचारका लागि उद्धार गरिएको हो उद्धारका लागि जिल्ला प्रशासन , जिल्ला प्रहरी , राजनैतिक दल पत्रकार युवा सबै लागि परेका थिए ।



































प्रतिक्रिया दिनुहोस्