जाजरकोट, असार २९ । जाजरकोटमा भूकम्पपछि अस्थायी टहरामा बसोबास गर्दै आएकी एक महिलाको पहिरोमा परी मृत्यु भएको छ ।
असार २८ गते राति करिब ८:३० बजे परेको अविरल वर्षापछि आएको पहिरोले भेरी नगरपालिका– २, राङ्सीस्थित अस्थायी टहरामाथिबाट माटो खस्दा अन्दाजी ६० वर्षीया जयशीला शाहको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।
घटनामा उनकी छोरी ४० वर्षीया मेनुका शाह थापा र ७ वर्षीया नातिनी टिका थापाको सकुशल उद्धार गरिएको प्रहरीले जानकारी दिएको छ । २०८० कातिक १७ को जाजरकोट भूकम्पपछि जिल्लाका धेरै स्थानीयवासी अझै पनि अस्थायी टहरामा बसोबास गर्दै आएका छन्। निरन्तर वर्षासँगै पहिरोको जोखिम बढ्दै जाँदा अस्थायी आवासमा बस्ने नागरिक थप जोखिममा परिरहेका छन्।
सनिश्चवार आईतवार देखिको अविरल वर्षाले भेरी नगरपालिका मात्र नभई जाजरकोटका विभिन्न स्थानमा पनि पहिरो, सडक अवरुद्ध तथा अन्य भौतिक क्षति पुर्याएको प्रारम्भिक जानकारी प्राप्त भएको छ। सम्बन्धित निकायले क्षतिको विवरण संकलन तथा आवश्यक उद्धार र राहत घटनाबारे जिल्ला प्रहरी कार्यालय जाजरकोटका जनाएको छ ।



































प्रतिक्रिया दिनुहोस्