सत्य तथ्य समाचार, सूचनाको सञ्चार
२०८३ जेठ २२ गते शुक्रबार

त्रिभुवन माध्यमिक विद्यालयले पायाे महिला प्र.अ.



जाजरकोट टुकमाया घर्ती । त्रिभुवन माध्यमिक विद्यालयले महिला प्रधानाध्यापक पाएकाे छ । उक्त पदमा सामाजिक विषयमा अध्यापनरत पार्वती थापा छनाेट हुनुभएको हाे।

२०८३ जेठ १४ गते प्रधानाध्यापक छनौट समितिको सिफारिसमा ८३जेठ१६ गते विद्यालय व्यवस्थापन समितिले नियूक्तिको लागि प्रक्रिया बढाएकाे थियाे।भेरी नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखालाई सिफारिस गरेकाे थियाे । त्रिभुवन माध्यमिक विद्यालयले खंलगामा काम गर्नुअघि उहाँ जनता माध्यमिक विदयालयमा ७२देखि ७४ गरेर ३वर्षसम्म शिक्षण पेसा गर्नुभएको थियाे। निरन्तर सेवा गरिरहदा २०८२ साल वैशाख २१ गते विद्यालय परिवारले यस विद्यालयको सहायक प्रधानाध्यापकमा नियुक्त गरि थप जिम्मेवारी दिएको थियाे ।१ वर्ष पछि २०८३ जेठ १४ गते प्रधानाध्यापक छनौट समितिको सिफारिसमा युवा तथा खेलकुद शाखाबाट प्रधानाध्यापक नियुक्ति दिइएको छ । थापाले त्रिभुवन माध्यमिक विद्यालयकाे जिम्मेवारीबाट पाएपछि व्यक्तिगत जीवन पुर्ण रुपले त्रिभुवन माध्यमिक विद्यालयको शैक्षिक, भौतिक र आर्थिक लगायत समग्र विकासमा समर्पित भएको बताउनुहुन्छ ।

आफूलाई सामाजिक सञ्जाल,फेसबुक ,मेसेन्जर ,मेसेज , कलबाट शुभकामना दिनुहुने सबै आफन्त र शुभचिन्तक प्रति हार्दिक कृतज्ञता प्रकट गर्नुभएकाे छ ।विद्यालयमा अध्ययनरत सम्पुर्ण विद्यार्थी ,भाइबहिनी र अभिभावकले मप्रति विश्वास गरि खुसीप्रकट गरेको देख्दा मलाई साँच्चिकै नयाँ जोश पैदा भएको छ । मेरा सहकर्मी,साथीहरुको म प्रतिको विश्वास विर्सनै नसकिने छ, यस प्रक्रियामा जो जसले जँहावाट आ -आफ्नो भुमिका निभाउनु भयो त्यो मेरो लागि अत्यन्तै महत्वपुर्ण रहेकाे छ । विद्यालय व्यवस्थापन समिति सवैको एउटै मत रहनुले झन मलाई उत्साही बनाएको छ ।

प्रकाशित मिति : २०८३ जेठ २० गते बुधबार