सत्य तथ्य समाचार, सूचनाको सञ्चार
२०८२ चैत १९ गते बिहीबार

मौन अवधि सुरु: निर्वाचन आयोगद्वारा आचारसंहिता कडाइका साथ लागू गर्न निर्देशन



काठमाडौं । निर्वाचन आयोग ले आज रातिदेखि सुरु हुने मौन अवधि र मतदानको दिनसम्म लागू रहने आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि निर्वाचन आचारसंहिता अनुगमन अधिकृतहरूलाई कडाइका साथ निर्देशन दिएको छ।
आयोगद्वारा जारी विज्ञप्तिअनुसार प्रचारप्रसार निषेध अवधिमा सभा, सम्मेलन, अन्तरक्रिया लगायतका कुनै पनि राजनीतिक कार्यक्रम गर्न पाइने छैन। साथै सामाजिक सञ्जाल, अनलाइन पोर्टल, छापा, रेडियो, टेलिभिजन जस्ता कुनै पनि माध्यममार्फत गरिने निर्वाचन प्रचारप्रसार पूर्ण रूपमा निषेध गरिएको छ।
आचारसंहिताले सञ्चारमाध्यमहरूलाई समेत कुनै पनि दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचार हुने सामग्री प्रकाशन तथा प्रसारण नगर्न स्पष्ट व्यवस्था गरेको छ। उल्लंघन गरे कानुनी कारबाही गरिने आयोगले जनाएको छ।
आयोगले सबै राजनीतिक दल, उम्मेदवार, सञ्चारकर्मी तथा सरोकारवालालाई आचारसंहिता पूर्ण रूपमा पालना गरी स्वच्छ, निष्पक्ष र भयरहित निर्वाचन वातावरण निर्माणमा सहयोग गर्न आग्रह गरेको छ।

प्रकाशित मिति : २०८२ फागुन १८ गते सोमबार