सत्य तथ्य समाचार, सूचनाको सञ्चार
२०८३ जेठ ५ गते मंगलबार

पाँचतारा युवा संरक्षक मञ्च, जाजरकोटद्वारा सामाजिक परीक्षण सम्पन्न



जाजरकोट, । पाँचतारा युवा संरक्षक मञ्च, जाजरकोटले आर्थिक वर्ष २०८१/८२ को सामाजिक परीक्षण कार्यक्रम शुक्रबार सम्पन्न गरेको छ।

भेरी नगरपालिका–३, खलंगास्थित होटेल थकाली भान्सा घरमा सम्पन्न कार्यक्रममा मञ्चका अध्यक्ष छवि पन्तको अध्यक्षता रही, कार्यक्रमका प्रमुख अतिथि पूर्व आर्थिक मामिला तथा योजना मन्त्री माननीय बेदराज सिंहले ब्यानर पढेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो।

कार्यक्रममा भेरी नगरपालिकाका जनप्रतिनिधि, विभिन्न सरकारी कार्यालयका प्रमुख, नागरिक समाजका अगुवा, पत्रकार, स्थानीय युवाहरू र लाभग्राहीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

सामाजिक परीक्षण कार्यक्रममा मञ्चले विगत वर्षका कार्यक्रम तथा गतिविधिको समीक्षा गर्दै पारदर्शिता, जवाफदेहिता र उत्तरदायित्वपूर्ण नेतृत्वको अभ्यासलाई सुदृढ बनाउने प्रतिवद्धता जनाएको थियो। सहभागीहरूले संस्थाले स्थानीय स्तरमा गर्दै आएको कार्यप्रगतिप्रति सराहना गर्दै निरन्तर सुधार र सहभागितामूलक योजनाको आवश्यकतामा जोड दिएका थिए।

प्रकाशित मिति : २०८२ असोज ३१ गते शुक्रबार