काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ देखि नियुक्त हुने नयाँ सरकारी कर्मचारीलाई पेन्सन र उपदान नदिई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू गर्ने निर्णय गरेको छ।
अर्थ मन्त्रालयले सबै मन्त्रालय, नियामक निकाय, सार्वजनिक संस्थान, बोर्ड, समिति तथा प्रतिष्ठानहरूलाई यस सम्बन्धमा आवश्यक व्यवस्था मिलाउन परिपत्र पठाएको छ।
मन्त्रालयका अनुसार अब नियुक्त हुने कर्मचारीको पेन्सन र उपदानको सट्टा उनीहरूले मासिक तलबबाट योगदान गर्नुपर्नेछ, र त्यसकै आधारमा सामाजिक सुरक्षाका लाभहरू प्राप्त गर्नेछन्।साथै, योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू नगरेका कारण उत्पन्न हुने कुनै पनि आर्थिक दायित्व नेपाल सरकारले नबेहोर्ने स्पष्ट जानकारी समेत परिपत्रमार्फत गराइएको छ।
सरकारको यो निर्णय दीर्घकालीन रूपमा वित्तीय दायित्व घटाउने र सामाजिक सुरक्षा प्रणालीलाई संस्थागत गर्ने उद्देश्यले आएको हो।





























प्रतिक्रिया दिनुहोस्