सत्य तथ्य समाचार, सूचनाको सञ्चार
२०८२ असोज २६ गते आइतबार

कर्णालीको मौलिक संस्कृति झल्किने देउडा गीत ‘मोइ खाइदिम कि चुप्पा’ सार्वजनिक



काठमाडौँ । नेपाली मौलिक संस्कृति र कर्णाली क्षेत्रको पहिचान उजागर गर्ने देउडा गीत ‘मोइ खाइदिम कि चुप्पा’ सार्वजनिक भएको छ।
चर्चित गायिका इब्सल सन्ज्याल र गायक रमेश कुमार बस्नेतको स्वरमा सजिएको यो गीतले नेपाली लोककला र मौलिक संगीतको मिठास् सन्देश बोकएको छ ।गीतमा शब्द सिर्जना सुरिता बस्नेत ‘सरु’को रहेको छ भने, लय स्वर्गीय रिम बहादुर बस्नेतले तयार पारेका हुन्। यो गीत स्वर्गीय बस्नेतको स्मृतिमा अर्पण गरिएको हो।
गीतलाई आरबी स्पीकर युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।

‘मोइ खाइदिम कि चुप्पा’ भन्ने रोचक बोलमा तयार गरिएको यस देउडा गीतले कर्णाली क्षेत्रको भाषा, संस्कृति, रहनसहन र धरोहर लाई उजागर गर्दै राष्ट्रिय संगीतमा क्षेत्रीय विविधता प्रस्तुत गरेको छ। गीतमा हास्यरस, सामाजिक सन्देश र सांस्कृतिक सम्पदाको संयोजन रहेको छ।

सिर्जनाकर्ताहरूका अनुसार यो गीत कर्णालीको मौलिकता लाई जगेर्ना गर्दै नयाँ पुस्तासम्म पुर्‍याउने उद्देश्यले ल्याइएको हो।
श्रोताहरूले गीतको भाव, संगीत संयोजन र भिडियो निर्माणको प्रशंसा गरिरहेका छन्। गीतबाट लाखौं दर्शक-स्रोताको मन जित्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २०८२ वैशाख १९ गते शुक्रबार