सत्य तथ्य समाचार, सूचनाको सञ्चार
२०८३ साउन ११ गते सोमबार

कांग्रेसले सरकारको नेतृत्व लिए माओवादीको समर्थन रहन्छ : हरिबोल गजुरेल



काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेलले देशले केपी ओली प्रवृत्तिलाई अस्वीकार गरिसकेको टिप्पणी गरेका छन् ।
नेकपा माओवादी केन्द्रको गौरादह नगरपालिकाको दोस्रो सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।
पहिलो पार्टी भएर पनि कांग्रेसले जिम्मेवार दलको भूमिका निर्भर गर्न नसक्दा देशमा अझै निराशा बढेको बताए ।

कांग्रेसले जिम्मेवार भएर सरकारको नेतृत्व गरे आफ्नो पार्टीले समर्थन गर्ने पनि उनले बताए । तर, सरकारमा भने सहभागी नहुने उनको भनाइ थियो ।जनताको चाहना यो सरकारको परिवर्तन पनि हो, संगै ०८४ सम्म सरकारमा जानु हुँदैन भन्ने जनधारणा पनि छ,’ गजुरेलले भने ।
देश आर्थिक सामाजिक सांस्कृतिक र राजनीतिक हिसाबले असफल बन्ने खतरामा रहेको र यसो हुनुमा केपी ओली प्रवृत्ति जिम्मेवार रहेको उनले बताए ।

प्रकाशित मिति : २०८२ वैशाख ६ गते शनिबार