जाजरकोट । जिल्ला प्रहरी कार्यालय जाजरकोटमा नेपाल प्रहरीले आज ६९ औं प्रहरी दिवस मनाएको छ । उक्त कार्यक्रमा जिल्ला समुन्वय समिती जाजरकोटका प्रमुख काली बहादुर खत्रीको प्रमुख अतिथ्यता र बिशिष्ट आतिथ्यतिमा नलगाड नगरपालिका नगर प्रमुख डम्बर बहादुर रावत रहेका थियो । पुर्व प्रहरी, अमर प्रहरी परिवार तथा पत्रकार , नागरिक समाज, जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख, नेपाली सेनाका सेनानी, शसस्त्र प्रहरी बल , राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय जाजरकोटका प्रमुख लगायतका अतिथ्याता रहेको थियो ।
उक्त कार्यक्रम जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख पुरुषोत्तम प्रसाद पाण्डेले शुभकामना सन्देश वाचन गर्नु भएको थियो । कार्यक्रममा पुर्व प्रहरी कर्मचारीको तर्फबाट पुर्व प्रहरी नायव निरीक्षक नरेन्द्र बिक्रम शाहीले शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो भन्ने उक्त अवसरमा अमर प्रहरी स्मारकमा प्रमुख प्रहरी नायव उपरीक्षक पुरुषोत्तम प्रसाद पाण्डेबाट पुष्पहार अर्पण गर्नु भएको थियो । उक्त कार्यक्रममा पुर्व प्रहरीलाई सम्मान स्वरुप दोसल्ला ओढाएर प्रमुख अतिथिज्युले सम्मान गर्नु भएको थियो । साथै ६९औं प्रहरी दिवस २०८१ को अवसरमा संचालन गरिएकोको खेलकुदमा प्रथम, द्वितीय हुनेलाई प्रमाण पत्र प्रदान गर्दै, उत्कृष्ट काम कर्तव्य पूरा गर्ने प्रहरी हवल्दारलाई जिल्ला प्रहरी कार्यालयका प्रमुख पुरुषोत्तम पाण्डे द्वारा नगत पुस्कार बितरण गरिएको थियो ।
उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि जिल्ला समन्वय समिति जाजरकोटका प्रमुख कालि बहादुर खत्रीले नेपाल प्रहरीको गर्विलो ईतिहास र जनताको आशा र भरोसाको केन्द्रमा नेपाल प्रहरी रहेको त्यस आशा र भरोसालाई कायम राख्न नेपाल प्रहरी सफल हुने बिश्वास समेत ब्यक्त गर्नु भएको थियो ।
कार्यक्रमको अन्त्यमा जिल्ला प्रहरी कार्यालय जाजरकोटका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक पुरुषोत्तम प्रसाद पाण्डेले धन्यबाद ज्ञापन गर्दै नेपाल प्रहरी बिर तथा अमर प्रहरीले देखाएको मार्गमा सधै अडिक भएर लाग्ने जनअपेक्षा पुरा गर्नका लागी सदैव तत्पर रहेको बताउनु भएको थियो ।
प्रकाशित मिति : २०८१ असोज ३० गते बुधवार
प्रतिक्रिया दिनुहोस्