सत्य तथ्य समाचार, सूचनाको सञ्चार
२०८१ माघ ९ गते बुधवार

चट्याङ लागेर जाजरकोटमा एक महिलाको मृत्यु ,



जाजरकोट । जाजरकोटमा चट्याङ लागेर एक  महिलाको मृत्यु भएको छ  । शनिबार साझ ५ बजे तिर भेरी नगरपालिका –२ पोखरा मोहनलाल कामिको ५५ वर्षीय श्रीमती  कोसिला कामिको मृत्यु भएको हो । शनिबार ५ बजेतिर घर नजिकै परेको चट्याङले घाईते भएकि कोसिला कामिलाई पाचकाटिया बाट खटिएको प्रहरीले जाजरकोट अस्पताल पठाएको थियो ।

उक्त घाईते भएकी कोसिलाई उपचारको लागि जिल्ला अस्पताल जाजरकोट पुरयापछि चिकित्सकले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी प्रमुख डिएस्पी पुरुषोतम प्रसाद पाण्डेले बताए । चट्याङ्ग लागेर  घर छेउमै बाधेको भेडा समेत मरेको छ ।

प्रकाशित मिति : २०८१ भाद्र २९ गते शनिवार