सत्य तथ्य समाचार, सूचनाको सञ्चार
२०८३ साउन १३ गते बुधबार

जाजरकोट पहिरोले बुबाआमाको मृत्यु, घाइते छोरीलाई हेलिकोप्टरमा सुर्खेत ल्याइयो



जाजरकोट । बारेकोट गाउँपलिाका–६, जाजरकोटमा गएराति गएको पहिरोमा पुरिएर घाइते बालिकालाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्दार गरेर सुर्खेत ल्याइएको छ ।

 

राति २ बजे पहिरो जाँदा घाइते ११ वर्षीया सम्झना चलाउनेलाई सेनाको हेलिकोप्टरमार्फत उद्दार गरेर कर्णाली प्रादेशिक अस्पताल पुर्‍याइएको सैनिक प्रवक्ता गौरवकुमार केसीले बताए ।

घरमा उनीहरुका आफन्त १६ वर्षीया विमला चलाउने पनि थिइन् । तर, उनी समयमै भाग्न सफल हुँदा जोगिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८१ भदौ २३ गते आइतबार