सत्य तथ्य समाचार, सूचनाको सञ्चार
२०८३ साउन १० गते आइतबार

अस्थायी टहराे पहिरोले पुरिँदा तीनजनाको मृत्यु



जाजरकोट । जाजरकोटमा अस्थायी टहराे पहिरोले पुर्दा एकै घरका तीनजनाको मृत्यु भएको छ। जिल्लाको नलगाड नगरपालिका– २ डाँडागाउँमा सोमबार बिहान आएको पहिरोमा परी तीनजनाको मृत्यु भएको हो ।

अस्थायी आवासमा बस्दै आएका तीनजनाको पहिरामा परी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी प्रमुख पुरुषोत्तम भण्डारीले बताए।

घरमाथिबाट आएको पहिरोमा परी डाँडागाउँ बस्ने लालबहादुर परियार, उनकी श्रीमती मनीषा विक, वर्ष दुईको छोरा शुभम परियारको मृत्यु भएको छ ।

गाउँमा पहिरो गएको  जानकारीपश्चात् इलाका प्रहरी कार्यालय दल्लीबाट प्रहरी निरीक्षक माधवप्रसाद चौधरीको कमाण्डमा सातजनाको टोली घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ। प्रहरीले घटनास्थलबाट  पहिरोमा पुरिएको अवस्थामा तीनजनाको शव निकालेको छ ।

प्रकाशित मिति : २०८१ भदौ ३ गते सोमबार