सत्य तथ्य समाचार, सूचनाको सञ्चार
२०८३ भदौ २८ गते आइतबार

जाजरकोटमा सुख्खा पहिरो जादा पश्चिम जाजरकोट चल्ने सवै यातायातका साधन अवरुद्ध



जाजरकोट ।
जाजरकोटको पश्चिम क्षेत्र जोड्ने छेडा थलह सडक खण्डको मोर्क वजार नजिकै आज विहान गएको सुख्खा पहिरोले सडक अवरुद्ध भएको छ । सडक विहानै देखि अवरुद्ध हुदा जाजरकोट सदरमुकाम , सुर्खेत, नेपालगंज , र काठमाण्डौ देखि गन्तव्यमा हिडेका यातायातका साधनहरु समेत पुग्न सकेका छैनन् ।
सडक भत्किएको स्थानमा टेलिफोन सेवा राम्रो नभएकोले खवर ढिला गरि प्राप्त भएकोले सुख्खा पहिरो हटाउन आवस्यक तयारी भैरहेको स्थानीयले बताएका छन् ।
अहिले शिवालय गाँउपालिकाका वडा नं. १ का वडा अध्यक्ष नरवहादुर रानाको पहलमा पहिरो पन्छाउन पालिकाको डोजर पहिरो स्थलमा पुगेर हटाउने कार्य गरिरहेको र अझै ४ घण्टा लाग्न सक्ने शिवालय गाउपालिका वडा १ का स्थानीइ समाज सेवी पूर्ण वहादुर महताराले जानकारी दिनु भयो ।
जाजरकोट भुकम्प पछि पछिल्लो समय जाजरकोटका विभिन्न सडकहरु सुख्खा पहिरोले असर गर्दे अँएको छ । पहिरोले जाजरकोटका चार वटा पालिकाका नागरिकलाई आवत जावतमा असर गरेको छ ।

प्रकाशित मिति : २०८० चैत ५ गते सोमबार