काठमाडौं, वैशाख ८ गते । देशभर सुनको मूल्य फेरि एकपटक उकालो लागेको छ। आज सोमबार, नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, सुनको भाउ प्रतितोला १ लाख ९१ हजार रुपैयाँ पुगेको छ। यो हालसम्मकै उच्च मूल्य हो।
अघिल्लो दिनको तुलनामा सुनको मूल्य प्रतितोला १२ सय रुपैयाँले बढेको हो। आइतबार प्रतितोला १ लाख ८९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।
यसअघि बिहीबार १ लाख ९० हजार ६ सय रुपैयाँ पुगेको थियो। त्यसलाई पनि उछिन्दै आजको मूल्यले नयाँ रेकर्ड बनाएको हो।
उता, चाँदीको मूल्य भने केही दिनयता स्थिर छ। हाल चाँदी प्रतितोला १ हजार ९६० रुपैयाँमा कारोबार भइरहेको छ।
सुनको मूल्यमा आएको तीव्र वृद्धिले उपभोक्ताहरूलाई थप दबाब सिर्जना गरेको छ। विशेषगरी विवाह, चाडपर्व र गहना किनमेलको तयारीमा रहेका उपभोक्ताहरू मारमा परेका छन ।
प्रकाशित मिति : २०८२ वैशाख ८ गते सोमबार



































प्रतिक्रिया दिनुहोस्