जाजरकोट । आठौँ राष्ट्रिय महिलाअधिकार दिवसको अवसरमा जाजरकोटको भेरी नगरपालका -७ स्याउली बजारमा कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । भेरी नगरपालाको आयोजना तथा वडा महिला सञ्जाल भेरी ८ को समन्वयमा सनराइज एकेडेमी बोडिङ स्कुलको प्राङ्गणमा कार्यक्रम आयोजना गरिएको हो।
महिला अधकिार,सशक्तीकरण तथा सहभागिता बृद्वि गर्ने उद्देश्यले आयोजित कार्यक्रममा स्थानीय महिलाहरूको उत्साहजनक सहभागतिा रहेको थियो ।
कार्यक्रममा भेरी नगरपालिकाको उप-प्रमुख सीता जैसी, निमित्ति प्रमुख प्रशासकीय अधिकृत दल बहादुर घर्ती, महिला तथा बालबालिका शाखाका प्रमुख शारदा खनाल, वडा नं। ८ का अध्यक्ष वीर बहादुर चन्द वडा नं। ९ का अध्यक्ष हिरा प्रसाद शर्मा, विभिन्न वडा महिला सञ्जालका प्रतिनिधि,आमा समूह तथा स्थानीय महिलाहरूको उल्लेखनीय उपस्थति रहेको थियो ।
दिवसको अवसरमा महिला अधकिार सम्बन्धी लोकगीत, लोकनृत्य तथा “महिला सशक्तीकरण आवश्यकता” शिर्षकमा वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको छ। वक्तृत्वकला प्रयोगितामा २० वर्षभन्दा माथिका महिलाहरूलाई मात्र सहभागी गराइएको थियो । लोकनृत्य प्रतियोगिता प्रथम स्वच्छ आमा समूह, भेरी८ द्वितीय फुलवारी टोल बिकास संस्थाभेरी ८ ,
तृतीय हउिँचुली आमा समूह, भेरी ८लोकगीत प्रतियोगिता नतजिा प्रथम ईश्वरी गौतम, भेरी ११
द्वितीय प्रतिमा सिहं, भेरी ८ तृतीय ममता सिहं, छेडागाड नगरपालकिा-१२ वक्तृत्वकला प्रतियोगिता नतजिा
प्रथम ईश्वरी गौतम, भेरी ११ द्वितीय कल्पना घर्ती भेरी ८
तृतीय शारदा पुन भेरी २ लोकनृत्य प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने समूहलाई क्रमशः १० हजार, ७ हजार र ५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरएिको थियो। लोकगीत तथा वक्तृत्वकला प्रतियोगिताका बिजेताहरूलाई जिन्सी सामग्री पुरस्कार स्वरूप वितरणबाट गरिएको बताएकोछ।
कार्यक्रममा वक्ताहरूले महिला सशक्तीकरण समान अवसर, नेतृत्व बिकास तथा महिलाको हक अधिकार सुनश्चिति गर्न सामूहिक प्रयास आवश्यक रहेकोमा जोड दिएका थिए। साथै महिला अधकिार, चुनौती र अवसरका बिषयममा समेत छलफल गरएिको थियो। महिलाको क्षमता बिकास , नेतृत्व प्रवर्द्धन तथा सामाजकि सहभागतिा अभविृद्ध गर्ने उद्देश्यका साथ आयोजित कार्यक्रमले स्थानीय महिलाहरूलाई आफ्नो प्रतिभा प्रस्तुत गर्ने महत्वपूर्ण अवसर प्रदान गर्ने बताएको छ ।





























प्रतिक्रिया दिनुहोस्