सत्य तथ्य समाचार, सूचनाको सञ्चार
२०८२ चैत १९ गते बिहीबार

जाजरकोटमा कांग्रेसमा भित्रिनेहरूको लर्को, एकैदिनमा ३३ जना प्रवेश



जाजरकोट । जाजरकोटको नलगाड नगरपालिका वडा नम्बर १० र ११ मा विभिन्न पार्टी परित्याग गरेर ३३ जनाभन्दा बढीले कांग्रेसमा प्रवेश गरेका छन्। शनिवार नलगाड नगरपालिका वडा नम्बर १० र ११ को संयुक्त रूपमा आयोजना गरिएको कार्यकर्ता भेटघाट कार्यक्रममा ३३ जनाभन्दा बढीले कांग्रेसमा प्रवेश गरेका हुन्।

उनीहरूलाई कांग्रेस केन्द्रीय सदस्य दीपकजंग शाह, जिल्ला सभापति तथा कर्णाली प्रदेश सांसद बेदराज सिंह, महासमिति सदस्य तथा बारेकोट गाउँपालिका पुर्व अध्यक्ष महेन्द्रबहादुर शाह, कांग्रेस जाजरकोटका प्रवक्ता छवि पन्त, प्रत्यक्ष उम्मेदवार खडक बहादुर बुढा र समानुपातिक उम्मेदवार हजारी नेपाली (वादी) लगायतले स्वागत गरेका थिए।

केही दिन यता जाजरकोटमा कांग्रेसमा प्रवेश गर्नेहरूको लर्को लागिरहेको छ। उम्मेदवार बुढा घरदैलो तथा कार्यकर्ता भेटघाट कार्यक्रममा सहभागी हुँदा उनलाई समर्थन गर्दै विभिन्न पार्टी परित्याग गरेर कांग्रेसमा भित्रिनेहरूको लर्को लागेको हो।

प्रकाशित मिति : २०८२ फागुन ४ गते सोमबार