सत्य तथ्य समाचार, सूचनाको सञ्चार
२०८२ माघ १६ गते शुक्रबार

महाधिवेशन समयमै हुनुपर्छ, जाजरकोट कांग्रेस



जाजरकोट । नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशन तोकिएकै कार्यतालिकाअनुसार हुनुपर्ने माग जाजरकोट कांग्रेसले गरेको छ।

बिहीबार सदरमुकाम खलंगामा आयोजित पत्रकार सम्मेलनमा कांग्रेस जाजरकोटका सभापति बेदराज सिंहले पार्टीको आन्तरिक लोकतन्त्र सुदृढ गर्न महाधिवेशन कुनै पनि बहानामा सार्न नहुने बताए। उनले केन्द्रीय कार्यतालिकाअनुसार क्रियाशील सदस्यता नवीकरण तथा नयाँ वितरणको काम जाजरकोटमा जिम्मेवारीपूर्वक सम्पन्न भइसकेको दाबी गरे।

सभापति सिंहका अनुसार जाजरकोटमा क्रियाशील सदस्यता विवादरहित रूपमा सम्पन्न भएको छ। पछिल्लो समय पार्टीप्रति आकर्षण बढ्दै गएको उल्लेख गर्दै उनले पुराना सदस्यसँगै उल्लेख्य संख्यामा नयाँ र युवा सदस्य पार्टीमा आबद्ध भएको बताए।
उनले बदलिएको जनचाहना र राजनीतिक सन्दर्भमा अब महाधिवेशन ढिलाइ गर्ने विकल्प नरहेको स्पष्ट गरे। साथै, भूकम्प प्रभावित जाजरकोटको पुनर्निर्माणमा राज्यले अपेक्षित गम्भीरता नदेखाएकोप्रति पनि उनले ध्यानाकर्षण गराए।

प्रकाशित मिति : २०८२ पुस १० गते बिहीबार