जाजरकोट मंसिर २०। भेरी नगरपालिका –१, २ र ३ को संगमस्थल तिनगारै साङटा, त्रिवेणी धाम शिव मन्दिर प्राङ्गणमा त्रिवेणी श्रृङ्रगारिक आरती धर्म जागरण सप्ताह महोत्सव–२०८२ आयोजना हुने भएको छ।
जाजरकोट भेरी नगरपालिका वडा नम्बर १, २ र ३ को संयुक्त आयोजनामा मंसिर २४ गतेदेखि पुस १ गतेसम्म सञ्चालन हुने यस महोत्सवमा भारतको काशी विश्वनाथ र नेपालको पशुपतिनाथमा हुने विश्व–प्रसिद्ध श्रृङ्रगारीक महाआरतीको दर्शन, राष्ट्रिय कलाकारहरूको उपस्थिति, भजन–कीर्तन, प्रवचन, बाल–संस्कार तथा विभिन्न धार्मिक जनजागरण कार्यक्रमहरु समावेश गरिने महोत्सव सचिवालयले जनाएको छ।
बृहत्त् कलश यात्रा ,मंसिर २४ गते बिहान १० बजेबाट सुरु हुने बिशाल कलश यात्रामा प्रत्येक वडावासीले आफ्नो घरबाट कलश सजाएर ल्याउने र विभिन्न संस्थागत ब्यानरसहित उपस्थित हुने कार्यक्रम हो । कल्यानपुर स्कूलबाट तिनगारै मन्दिर प्रआगन साङटासम्मको कलश यात्रापछि महोत्सवको औपचारिक रुपमा २४ गते १ बजे बाट शुभारम्ब गरिनेछ।
नमुना पर्यटकीय स्थल निर्माण लक्ष्य

रिसाङ खोला, दार खोला र कोट खोला संगमस्थल तिनगारै साङटामा अवस्थित त्रिवेणी धामलाई जाजरकोटको नमुना धार्मिक तथा पर्यटकीय स्थलका रूपमा विकास गर्ने लक्ष्यका साथ महोत्सव आयोजना गरिएको महोत्सव मुल समारोह समितिका अध्यक्ष बबी कार्कीले जानकारी दिनुभयो ।
उहाँको अनुसार, महोत्सवबाट उठ्ने दान–दक्षिणा र सहयोग रकमबाट त्रिवेणी धाम आसपास जग्गा खरिद गरी नमुना पर्यटकीय संरचना निर्माण गर्ने योजना छ। धार्मिक, सांस्कृतिक र पर्यटकीय विकासलाई एकैसाथ अघि बढाउने हाम्रो उद्देश्य हो अध्यक्ष कार्किको भनाई छ ।




























प्रतिक्रिया दिनुहोस्