जाजरकोट । पाँचतारा युवा संरक्षक मञ्च, जाजरकोटको २९ औं स्थापना दिवस तथा साधारण सभा भव्यरूपमा सम्पन्न भएको छ। कार्यक्रममा प्रमुख अतिथिका रूपमा जिल्ला समन्वय समितिका प्रमुख, निमित्त प्रमुख जिल्ला अधिकारी, जिल्ला न्यायधीवक्ता, सुरक्षा निकायका प्रतिनिधि, INGO, गैसस महासंघ, कार्यवाहक वडाध्यक्ष, एमनेस्टी इन्टरनेशनलका अध्यक्ष, नागरिक समाज, पत्रकार तथा साधारण सदस्यहरूको उपस्थिति रहेको थियो ।
साधारण सभामा संस्थागत तथा आर्थिक प्रतिवेदन पारित गरिएको छ भने संशोधित विधान तथा नीतिहरू अनुमोदन गरिएको मञ्चले जनाएको छ। त्यस्तै, उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारी राजेन्द्र प्रसाद थारु, आनन्द प्रसाद शर्मा, दिपक कार्की र निर्मला खड्का लाई सम्मानित गरिएको हो । 
कार्यक्रममध्य एक उदाहरण काम दान पेटिका मार्फत संकलित रकमबाट जिल्लाका ७ वटै स्थानीय पालिकाका अभिभावक गुमाएका बालबालिकालाई प्रति व्यक्ति रु १२,२१२ का दरले शैक्षिक छात्रवृत्ति वितरण गरिएको थियो। हामीले दान पेटिका राख्यौं जन्मदिन तथा खुसीयालीका अवसरमा पनि सहयोग जुटायौँ।अभिभावकविहीन बालबालिकाको पढाइ निरन्तरतामा सहयोग होस् भन्ने उद्देश्यले ७ वटै पालिकाबाट एक/एक जनालाई छात्रवृत्ति उपलब्ध गरायौं मञ्चका अध्यक्ष छवि पन्तले बताउनुभयो ।





























प्रतिक्रिया दिनुहोस्