सत्य तथ्य समाचार, सूचनाको सञ्चार
२०८२ असोज २६ गते आइतबार

रिम्नामा आरा मेसिनमा परि एक व्यक्ति गम्भीर घाइते



जाजरकोट । रुकुम पश्चिम सानीभेरी गाउँपालिका–४ का ४५ बर्षिय नन्दराम बुढा घाइते भएका छ्न । जाजरकोट भेरी नगरपालिका–१ रिम्नामा बस्दै आएका नन्दराम बुढा आज बिहान विद्युतिय आरा मेसिनमा पर्न गई गम्भीर रूपमा घाइते भएका हुन ।उनी सञ्चालन गर्दै आएका बी.सी. फर्निचर उद्योगमा बिहान करिब १० बजे काम गर्ने क्रममा पेटमा गम्भीर चोट लागेपछि तत्कालै उपचारका लागि जिल्ला अस्पताल जाजरकोट पुर्‍याइएको थियो।

अस्पतालले घाइतेको अवस्था गम्भीर (सिरियस) रहेको भन्दै थप उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत सुर्खेत पठाएको जिल्ला प्रहरी कार्यलय जाजरकोटले जनाएको छ।

प्रकाशित मिति : २०८२ असोज २१ गते मंगलबार