
सारदा पुन ,जाजरकोट,भदौं ६। जाजरकोट भेरी नगरपालिका–९ ले शुक्रबार दिपेन्द्र मा. बि कालाभुर स्कुल नजिकै वडा कार्यलयको नजिकै , बाल विवाह निषेधित तथा शतप्रतिशत विद्यार्थी भर्ना वडा घोषणा गरेको छ।
कार्यक्रम पाँचतारा युवा संरक्षण मञ्च,वर्ल्ड भिजन इन्टरनेशनल नेपालको आर्थिक र प्राविधिक सहयोग,भेरी नगरपालिकाको साझेदारी, भेरी नगरपालिका वडा नं.९ को आयोजनामा भदौ ६ (August 22, 2025) सम्पन्न भएको हो । यहाँ पाँचतारा युवा संरक्षण मञ्च,प्रमुख प्रतिनिधि,वर्ल्ड भिजन इन्टरनेशनल नेपालका प्रमुख,प्रतिनिधि,नगरप्रमुख,अन्य जनप्रतिनिधि,विद्यालय ब्यबस्थापन अध्यक्ष,प्रधानध्यापक,विद्यार्थी,अभिभावक लगाएत सबैको सक्रिय सहभागीता रहेको थियो ।
यस कार्यक्रममा हिरा प्रसाद शर्माको अध्यक्षतामा नगरप्रमुख चन्द्रप्रकाश घर्ती प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियोे । उहाँहरूले बाल विवाह अन्तय र शैक्षिक अधिकार सुनिश्चित गर्न सामुदायिक सहकार्य आवश्यक रहेकोमा जोड दिनुभयो।
वडाले विद्यालय जाने उमेर समूह (४ देखि १२ वर्ष) का सबै बालबालिकालाई विद्यालय भर्ना गराएको र यसपछि अन्य वडाभर बाल विवाह निषेधित क्षेत्रका रूपमा कार्यान्वयन गर्ने प्रतिवद्धता जनाइएको छ। यस घोषणाले बालबालिकाको शिक्षा र अधिकार संरक्षणमा महत्वपूर्ण मोड ल्याउने अपेक्षा गरिएको बताएको छ ।
प्रतिक्रिया दिनुहोस्