सत्य तथ्य समाचार, सूचनाको सञ्चार
२०८३ भदौ २७ गते शनिबार

बाल विवाह निषेधित तथा शतप्रतिशत विद्यार्थी भर्ना वडा



सारदा पुन ,जाजरकोट,भदौं ६। जाजरकोट भेरी नगरपालिका–९ ले शुक्रबार दिपेन्द्र मा. बि कालाभुर स्कुल नजिकै वडा कार्यलयको नजिकै , बाल विवाह निषेधित तथा शतप्रतिशत विद्यार्थी भर्ना वडा घोषणा गरेको छ।

कार्यक्रम पाँचतारा युवा संरक्षण मञ्च,वर्ल्ड भिजन इन्टरनेशनल नेपालको आर्थिक र प्राविधिक सहयोग,भेरी नगरपालिकाको साझेदारी, भेरी नगरपालिका वडा नं.९ को आयोजनामा भदौ ६  (August 22, 2025) सम्पन्न भएको हो । यहाँ पाँचतारा युवा संरक्षण मञ्च,प्रमुख प्रतिनिधि,वर्ल्ड भिजन इन्टरनेशनल नेपालका प्रमुख,प्रतिनिधि,नगरप्रमुख,अन्य जनप्रतिनिधि,विद्यालय ब्यबस्थापन अध्यक्ष,प्रधानध्यापक,विद्यार्थी,अभिभावक लगाएत सबैको सक्रिय सहभागीता रहेको थियो ।

यस कार्यक्रममा हिरा प्रसाद शर्माको अध्यक्षतामा नगरप्रमुख चन्द्रप्रकाश घर्ती प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियोे । उहाँहरूले बाल विवाह अन्तय र शैक्षिक अधिकार सुनिश्चित गर्न सामुदायिक सहकार्य आवश्यक रहेकोमा जोड दिनुभयो।

वडाले विद्यालय जाने उमेर समूह (४ देखि १२ वर्ष) का सबै बालबालिकालाई विद्यालय भर्ना गराएको र यसपछि अन्य वडाभर बाल विवाह निषेधित क्षेत्रका रूपमा कार्यान्वयन गर्ने प्रतिवद्धता जनाइएको छ। यस घोषणाले बालबालिकाको शिक्षा र अधिकार संरक्षणमा महत्वपूर्ण मोड ल्याउने अपेक्षा गरिएको बताएको छ ।

प्रकाशित मिति : २०८२ भदौ ६ गते शुक्रबार