सत्य तथ्य समाचार, सूचनाको सञ्चार
२०८३ साउन १० गते आइतबार

सुर्खेतमा सुनका गरगहना चोरी गर्ने एक युवक पक्राउ



सुर्खेत, साउन २२ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–४ नयाँ बजारस्थित एक घरबाट सुनका गरगहना र नगद चोरी गर्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार साउन २१ गते बिहान करिब ११ः३० बजे कल्पना मल्लको घरबाट २.५ तोला सुनको सिक्री, इन्डियन मंगलसूत्र, बेरुवा औंठी, काँक्रेविहार औंठी, झाला, क्लिप, ब्रासलेटसहित नगद ५० हजार रुपैयाँ चोरी भएको थियो।

सूचना प्राप्त हुनेबित्तिकै प्रहरी टोली घटनास्थल पुगेर सीसीटीभी फुटेजलगायतका आधारमा अनुसन्धान सुरु गरेको थियो। अनुसन्धानको क्रममा वीरेन्द्रनगर–६ शान्तिटोलका १८ वर्षीय अर्जुन गहतराजलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

पक्राउ परेका गहतराजको साथबाट चोरी गरिएका सामग्रीमध्ये सुनको ब्रासलेट, लेडिज औंठी, बेरुवा औंठी र सिक्री फेला पारिएको प्रहरीले जानकारी दिएको छ। हाल गहतराजविरुद्ध चोरी सम्बन्धी मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८२ साउन २२ गते बिहीबार