सत्य तथ्य समाचार, सूचनाको सञ्चार
२०८३ जेठ ५ गते मंगलबार

जाजरकोटमा प्रेस युनियनको सदस्यता अभियान सुरु



सारदा मगर जाजरकोट साउन २०। नेपाल प्रेस युनियन जाजरकोटले खलंगामा आयोजना गरेको सय दिने सदस्यता अभियानको औपचारिक कार्यक्रम गरिएको छ। नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्साल सहितको टोली मङ्गलबार जाजरकोट पुगेका हुन ।

कार्यक्रममा युनियनका केन्द्रीय सदस्य विष्णु न्यौपाने, कपिल कोइराला लगायतको सहभागिता रहेको हो । अध्यक्ष लम्सालले क्रियाशील पत्रकारहरूकै मात्र सदस्यता नवीकरण गरिने स्पष्ट पार्दै त्यसअनुसार जिल्ला शाखाहरूलाई निर्देश दिएका छन्। यही अभियान अन्तर्गत अब रुकुम पूर्व र पश्चिममा पनि कार्यक्रम सञ्चालन गरिने बताएको छ।

कार्यक्रममा प्रेस युनियन जाजरकोटका अध्यक्ष वासुदेव शर्मा, केन्द्रीय उपाध्यक्ष राजेन्द्र कार्की, जिल्ला सबै पत्रकारहरूको समेत उल्लेखनीय उपस्थिति थियो।

प्रकाशित मिति : २०८२ साउन २० गते मंगलबार