सारदा पुन जाजरकोट, साउन १३ । जाजरकोटको रिम्ना जलमापन केन्द्रमा आज बिहान ७:४० बजे ठूलो भेरी नदीको जलसतह बढ्दो क्रममा पुगेको छ। जलसतह खतरा तह आसपास रहेको भन्दै जल तथा मौसम विज्ञान विभागले नदी तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकहरूलाई सतर्क रहन अनुरोध गरेको हो ।
लगातारको वर्षाका कारण नदीमा पानीको बहाव उच्च रहेको छ। सम्भावित जोखिमलाई ध्यानमा राख्दै स्थानीय बासिन्दा, विशेष गरी नदी किनारका बस्तीहरूलाई सतर्कता अपनाउन र आवश्यक परे सुरक्षित स्थानमा सर्न विज्ञहरूले सुझाव दिएका छन्।
विभागले जलसतहको निगरानी बढाइएको र बाढी पूर्वसूचना प्रणाली सक्रिय अवस्थामा रहेको जानकारी दिएको छ। स्थानीय प्रशासन तथा सुरक्षाकर्मीहरूलाई पनि तयारी अवस्थामा रहन निर्देशन दिइएको बताएको छ ।
प्रकाशित मिति : २०८२ साउन १३ गते मंगलबार





























प्रतिक्रिया दिनुहोस्