
२३ असार , जारजकोट । डिभिजन बन कार्यालय जाजरकोटका डिभिजनल बन अधिकृत माथि हिजो भएको हातपातका सम्वन्धमा जाजरकोट जिल्लामा कृयाशिल ट्रेडयुनियन कर्मीहरुले संयुक्त रुपमा ज्ञापन पत्र वुझाएका छन् ।
जिल्ला प्रशासन कार्यालयमा वुझाएको उक्त ज्ञापन पत्रमा देश तिन तहमा सकार चलिरहेको अवस्थामा नागरिकलाई सेवा दिन सरकारको पुलको रुपमा रहेका राष्ट सेवकलाई कार्यकक्षमानै गएर व्यक्तिगत रुप्मा आर्कक्रमण गर्दा आफुहरु संस्थागत र व्यक्तिगत रुपमा मुक दर्शक भएर वस्न नसक्ने भनिएको छ ।
सेवा प्रवाहमा कठिनाई भए गुणासो गर्ने निकायहरु हुदा हुदै विना कारण अधिकृत अमर प्रसाद साहलाई कार्यालय समयमानै कार्यकक्षमा आक्रमण गरेको घटना प्रति जिल्ला स्थित सवै ट्रेड युनियन कर्मीको ध्यानाकर्षण भएको विज्ञप्तीमा भनिएको छ ।
यस्तै आगामी दिनमा यस्ता प्रवृत्ति नदोहोर्याउन र सरोकारवाला निकायलाई हार्दिक अनुरोध समेत गरेको छ ।
विज्ञप्तीमा हस्ताक्षर गर्नेहरुमा वीर बहादुर चन्द अध्यक्ष निजामती कर्मचारीहरुको आधिकारीक ट्रेड युनियन जिल्ला कार्यसमिति जाजरकोट । निराजन वि.सी. अध्यक्ष नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिती जारकोट ,भोला खत्री अध्यक्ष नेपाल निजामती कर्मचारी यूनियन जिल्ला कार्यसमिति जाजरकोट , दलविर पुन केन्द्र्रीय कार्यसमिति , तिलक बहादुर राना अध्यक्ष एकिकृत सरकारी कर्मचारी संगठन जिल्ला कार्यसमिति, जाजरकोट रहेका छन् ।
किन यस्तो भयो होला ?
डिभिजन बन कार्यालयमा कार्यलय प्रमुख अमर प्रसाद साह जाजरकोट कार्यलयमा आए यता शिवालय गाँउपालिकाको चोत्रोको वुटा जरैबाट विक्रिवितरण देखि गाँउ पालिकामा रहेका सल्लोका वुटा बाट निकाल्ेन खोटो पैटारी टर्वेनटाइन संग सम्बद्ध कम्पनीहरु संगको राजश्व संकलन आदिमा ठुलो चलखेल भएको भन्दै कर्मचारी समेत आफ्नो सेटिगंमा हेरफेर गर्ने , डिभिजन बनको सभाहलमा जिल्लाका प्रमुख निश्चित मान्छे बोलाउने खसी काट्ने ,करारका महिला कर्मचारीलाई अवेर सम्म काममा लगाउने , गाडी चालकलाई टर्चर दिने , सर्वसाधारणलाई बन कानूनको दायरामा लिई दुःख दिने लगाउने , गाँउपालिका अध्यक्ष लगाएतका जनप्रतिनिधीहरु संग झगडा गर्ने बन कानूनको दम्ब देखाउने जस्ता कार्य भई रहेको भन्दै नागरिक तहमा गुणसो वढ्दै गएको थियो ।
कार्यालय , नागरिक र शरोकार वाला वीच सहकार्यनै हुन पाएन ।
कार्यालयले गरेका गतिविधीहरुको नियमित सार्वजनकि सुनुवाई जस्ता अभ्यासहरु नगर्ने ,जाजरकोटका पत्रकार र मिडियालाई हेपाहा वोली गर्ने । राजि विक्रम शाह र जिवन बहादुर शाहीको नाम वेच्दै मेरा दाइहरु भन्दै तल्लो स्तरका नेताहरु अरु पार्टीका नेताहरुलाई गफ दिने जस्ता कुराहरुबाट चिडिएका धेरै बने पछि उनी सवै पक्षबाट तारो वन्दै गएका थिए ।
वृहद जलाधार कार्यालयले गरेको फरक कार्यक्रममा स्वास्थ्य सेवा कार्यालयको हलमा समेत वोल्न भन्न सवै भ्याउने प्रयास गरेका थिए कार्यक्रम एकातिर प्रशंग अर्को निकाले पछि कार्यक्रम समेत खल्लो सहभागीले अनुभूती गरेका थिए ।
यी यस्तै प्रशंगहरुबाट उनी माथी प्रहार भएको हुन सक्ने सर्व साधारण देखि विभिन्न निकायले प्रतिक्रिया दिई रहेका छन् ।
सवै बानि वुझेका जिल्लाका विशेष मान्छेहरु पनि फिरि सेवामा खानपिन , उस्तै परे सिन पने हुने अवस्था देखे पछि उनीले वोलाए पछि जतिखेर पनि पूग्ने अवस्था बन्दै गएको थियो ।
एउटा सचेतताको लागि राज्यको चौथो अंगले सचेतताको बाटो देखाउदा समेत आफुलाई दुधले नुहाएको जस्तो सेतो देखाउन उनी लागि परे,
ति भित्रका थुप्रै तथ्यहरुको प्रमाण संकलन गरिरहेका पत्रकार अनि आफ्नै कार्यलय भित्रको गोपनियतामा कसि लाउन नसक्ने प्रमुख भए पछि केहि (कोर पर्सन)बाट सवैकुरा असंंम्भब देखिन्थ्यो त्यसैले पनि यस्तो भएको अनुुमान गरिएको छ ।
अब कसरी जान सकीन्छ ?
उनीको सरुवा र नयाँ आउनेलाई सर्वै कुराको बर्णण र नागरिक संगै सरोकारवालाहरु संग सहकार्य लाई वढाउदै सेवा प्रवाह गर्न जरुरी छ ।
कर्मचारी भित्र बन कार्ययोजना बनाउने पैसा लिन समेत झगडा हुने गरेको छ । कतिपय कर्मचारी त प्रदेशबाट आउने योजनाको कमिसन निकाल्न आफै विल बनाउने आफै विरुवा वेच्ने संग सटिगंमा दर रेट हाल्ने देखि पैसा असुल्ने समेत कार्यमा लागि रहेका छनु तिनिहरुलाई राखेर फेरी नयाँ आउनेलाई समेत काम गर्न कठिनाइ हुने चुर्नौति पनि एका तर देखिएको बन कर्मचारी श्रोतको दावि छ ।
जे भए पनि टिम मिलाउन निकै सकस हुने देखिन्छ । राम्रो नेतृत्व र राम्रो समन्वय गर्ने प्रमुखको खाचो नागरिकले गरि सकेको स्पष्ट झल्किन्छ यी कृयाकलापबाट नागरिक समाज जाजरकोटले प्रतिक्रिया दिएको छ ।
प्रतिक्रिया दिनुहोस्