सत्य तथ्य समाचार, सूचनाको सञ्चार
२०८२ चैत १९ गते बिहीबार

रुस–युक्रेन युद्धमा रुसी नौसेनाका उपप्रमुखको मृत्यु



युक्रेनसँगको लडाइँमा रुसी नौसेनाका उपप्रमुख मेजर जनरल मिखाइल गुदकोभको ज्यान गएको छ। कुर्स्क क्षेत्रमा युक्रेनी सेनासँगको भिडन्तमा गुदकोभको मृत्यु भएको रूसी रक्षा मन्त्रालयलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ।

राष्ट्रपति भ्लादिमिर पुटिनले गुदकोभलाई गएको मार्चमा नौसेनाको तटीय र स्थल सेनाको उपप्रमुखमा नियुक्त गरेका थिए। उहाँ यसअघि युक्रेनमा लडेको चर्चित १५५औं ब्रिगेडका कमान्डरसमेत हुनुहुन्थ्यो। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले गुदकोभको मृत्यु रुसका लागि ठूलो क्षति भएको बताएका छन्। तीन वर्षदेखि जारी रुस–युक्रेन युद्धमा यसरी उच्चपदस्थ सैनिक अधिकारीको मृत्यु दुर्लभ मानिन्छ।

रणनीतिक मानिने कुर्स्क क्षेत्रमा युक्रेनी र रुसी सेनाबीच पछिल्ला महिनादेखि तीव्र लडाइँ चलिरहेको छ। सन् २०२४ को मध्यतिर युक्रेनी सेनाले कुर्स्क क्षेत्रमा थुप्रै गाउँहरू कब्जा गरेपनि पछि रुसी सेनाले पुनः नियन्त्रणमा लिएको थियो। गएको मे महिनामा राष्ट्रपति पुटिनले स्वयं कुर्स्क क्षेत्रको निरीक्षण भ्रमण गरेका थिए।

प्रकाशित मिति : २०८२ असार २० गते शुक्रबार