सत्य तथ्य समाचार, सूचनाको सञ्चार
२०८३ साउन १२ गते मंगलबार

जाजरकोटमा पहिरोले दुई किशोरीको ज्यान गयो



जाजरकोट, असार १९ । कुशे गाउँपालिका–३ तर्पेनामा भिरबाट ढुंगा खस्दा दुई किशोरीको ज्यान गएको छ।

भुकुम्प पछि टहरा तिनको टहरा सुतिरहेको इलाका प्रहरी कार्यालय अर्छानेका अनुसार राति ९:३० बजे घरभन्दा माथिको भिरबाट खसेको ढुंगाले टिनको टहरामा सुतिरहेकी १६ वर्षीया चन्द्रा बुढाको घटनास्थलमै मृत्यु र घाइते भएकी २० वर्षीया सर्मिला बुढाको अर्छाने प्राथमिक स्वास्थ्य केन्द्र लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनाको जानकारी पाउनेबित्तिकै प्रहरी निरीक्षक खगिराम सारु मगरको नेतृत्वमा खटिएको प्रहरी टोली राति ११:५५ बजे घटनास्थल पुगेको थियो। दुबैको शव हाल टहरामा राखिएको र थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

प्रकाशित मिति : २०८२ असार २० गते शुक्रबार