सत्य तथ्य समाचार, सूचनाको सञ्चार
२०८३ साउन ११ गते सोमबार

छेडागाडमा मानव अधिकार प्रवर्धन गोष्ठी सम्पन्न



लिला पौडेल १७ असार जाजरकोट  जाजरकोटको छेडागाड नगरपालिकामा आज मानव अधिकार प्रबद्धन गोष्ठि सम्पन्न भएको छ । छेडागाड नगरपालिका र ऐम्नेष्टि इन्टरनेसनल नेपाल जाजरकोट ग्रुप ७७ को प्राविधिक सहयोगमा संचालन भएको कार्यक्रम छेडागाड नगरपालिकाका उप प्रमुख चन्द्र बहादुर थापाको अध्यक्षता तथा ऐम्नेस्टी इन्टरनेसनल नेपालका केन्द्रिय अध्यक्ष विपीन वुढाथोकीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

फोटो क्याप्सन : कार्यक्रम समापनमा आफ्ना भनाई राख्दै छेडागाड नगरपालिकाका उप प्रमुख चन्द्र बहादुर थापा ।

जाजरकोटमा पहिलो पटक स्थानीय सरकारद्वारा कर्मचारी र जन प्रतिनिधीलाई मानव अधिकार प्रर्वद्धन गर्न जोड् दिइएको यो पहिलो भएको ऐम्नेस्टी इन्टरनेशन नेपाल जाजरकोटका संयोजक खम्ब जंग शाहले बताउनु भयो ।
कार्यक्रमा ऐम्नेस्टी इन्टरनेसनल नेपालका निर्देशक निराजन थपलिया ,जाजरकोट ग्रुपमका संयोजक खम्ब जंग शाह , छेडागाड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेम कुमार थापा , कार्यपालिकाका सदस्यहरु , वडा अध्यक्ष लगाएत विभिन्न शाखा प्रमुखहरु को सहभागिता रहेको थियो ।

कार्यक्रममा सहजिकरण गर्दे ऐम्नेस्टी इन्टरनेसन नेपालका निर्देशक निराज थपलियाले कर्मचारीहरुलाई मावन अधिकारमुखी निती तथा वजेट र कार्यक्रम मार्फत स्थानीय सरकारले मावन अधिकरा प्रर्वद्धनात्मक क्षेत्रमा जोड दिन सम्वेदनसिल हुुनु पर्ने तर्फ जोड दिन अभिप्रेरित गर्नु भएको थियो ।

फोटो क्याप्सन : कार्यक्रममा आफ्नो भनाइ राख्दै एम्नेस्टी इन्टरनेसनल नेपालका केन्द्रिय अध्यक्ष विपिन वुढाथोकी

स्थानीय सरकारले नागरिक प्रति मानव अधिकारका क्षेत्रमा सम्वेदनशिल वनिदिदा पनि नागरिकहरुमा अधिकार प्राप्त गर्न सहजता ल्याउने भन्दै यस तर्फ नितीगत , कार्यक्रमहरु बजेट व्यवस्थापन लगाएतका कार्यमा जोड दिन आवस्यक रहेको प्रकास पार्नु भएको थियो ।
राज्य आफै मावन अधिकरा प्रति उत्तरदायि भएकोले स्थानीय सरकार पनि नागरिकका अधिकारहरुलाई सुनिश्चित गर्न लागि परिरहेको र अझ सशक्त रुपमा अगाडी वढुन पर्नेमा जोड दिइएको थियो ।
कार्यक्रममा वोल्ने अधिकासं बक्ताहरुले नागरिक प्रति जिम्मेवार हुन प्रयाप्त बजेट तथा कार्यक्रम कमै भएको र यसलाई जोड दिन माथि देखि नै तल सम्म निती बन्न नसक्दा प्रभाबकारी हुन नसकेको र स्थानीय सरकारले युवा मैत्री बजेट र कार्यक्रम गराउन नसक्ने अवस्था आएको उप प्रमुख चन्द्र बहादुर थापाले बताउनु भयो ।
सिमित बजेट र कार्यक्रम त्यो

क्याप्सन : ऐम्नेस्टीका निर्देशक निराजन थपलिया सहभागीलाई सहजिकरण गर्दे । पनि अपुरो गरेर आउने भएकोल थुप्रै चुनौतिहरु रहेको र आफुहरु सक्दो प्रयास गरिरहेकोमा जोड दिनु भयो ।

Amnesty International नेपालले युवा सशक्तिकरण, मानवअधिकार शिक्षामा नव विधिहरू, अभिव्यक्ति स्वतन्त्रता, ट्रान्जिसनल जस्टिस लगायतका क्षेत्रमा व्यापक काम गर्दै आएको छ। यसले सरकार, समाज र अन्तर्राष्ट्रिय साझेदारहरूसँग संवाद गर्दै मानवअधिकारको वकालत पनि गरिरहेको छ।

कार्यक्रममा ऐम्नेस्टीकर्मीहरु अन्तरपार्टी महिला संजाल जाजरकोटका अध्यक्ष रामछायाँ शाही , सेवा निवृत्त सरकारी वकिल दिवाकर शर्मा , पत्रकार बालकुमार शर्मा लगाएतका एम्नेस्टीकर्मीहरुको सहभागीता रहेको थियो ।

मन्तव्यका क्रममा नेपाल सकारको न्याय क्षेत्रमा डोल्पा जिल्ला देखि काठमाण्डौ जिल्ला सम्म विभिन्न न्यायालयमा लामो समय काम गरेको अनुभव सहित स्थानीय सरकारले नागरिकको हक हित संरक्षण गर्नु प्रमुख दायित्व समेत भएकोले आगामी दिनमा न्यायीक समितिलाई विश्वासयोग्य बनाउन अझ जनचेतनाका कार्यक्रमहरु , कानूनी शिक्षाका कार्यक्रमहरु गर्नु आबस्यक भएको औल्याउनु भएको थियो ।

प्रकाशित मिति : २०८२ असार १७ गते मंगलबार