जाजरकोट । भेरी नगरपालिका – २ मा वडा स्तरीय विपद् व्यवस्थापन समितिका पदाधिकारीहरूलाई बिपद्ब् व्यवस्थापनसम्बन्धी तालिम दिएकोको छ। भेरी नगरपालिकाको विपद् ब्यवस्थापनको आयोजितनामा भेरी नगरपालिका १३ वटा वडामा विपद् ब्यवस्थापन समितिका प्रतिनिधिहरूलाई २ दिने तालिम दिइएको हो ।
यसअघि वडाका दश वटै वडामा यस्ता तालिमहरू सम्पन्न गरिसकेको र आईतबार, सोमबार वडा नं २ मा तालिम सञ्चालन गरिएको छ । प्रशिक्षक भेरी नगरपालिका विपद शाखा प्रमुख, यज्ञनाथ गौतमले भूकम्पपछि पुनःनिर्माणका कार्यहरूमा सक्रिय सहभागीता जनाउन समेत आग्रह गर्दै विपद् व्यवस्थापनमा समुदायको भूमिका, समन्वय र आपसी सहयोगको आवश्यकता,पुनःनिर्माणसँग सम्बन्धित ऐन, कानुन, कार्यविधि तथा आगामी रणनीतिहरूको बारेमा स्पष्ट रूपमा जानकारी दिनुभएको थियो। यस्तै रेडक्रस साेसाइटि जिल्ला शाखा जाजरकोटका सभापति हरि बहादुर बस्नेतले बिपद्व ब्यवस्थापन, पूर्वतयारी, आपतकालीन प्रतिकार्य तथा उद्धारका उपायहरूबारे पदाअधिकारिलाई विस्तृत जानकारी दिनुभयो।
बिपद्व ब्यवस्थापन शाखाका प्रमुख गौतमका अनुसार विपद्का बेला समुदाय स्तरमा बिपद्व तयारी प्रतिकार्य लागि समितिका पदाधिकारीहरू लाई सक्षम बनाउनु तालिमको मुख्य उद्देश्य थियो।उहाले भन्नू भयो भेरी नगरपालिकाका अनुसार, विपद् जोखिम न्यूनिकरण तथा क्षति न्यूनीकरणमा स्थानीय तहबाट हुने पहललाई सशक्त बनाउन आगामी दिनहरूमा थप तालिम र अभ्यासहरू सञ्चालन गरिने ,बाकी वडा नं ३ मा १७ र १८ हुने तालिम सन्चालन उहाले बताउनुभयो ।





























प्रतिक्रिया दिनुहोस्