सत्य तथ्य समाचार, सूचनाको सञ्चार
२०८३ साउन ११ गते सोमबार

धान रोपेर पत्रकारहरूले मनाए धान दिवस



 असार १५ जाजरकोट । नेपाल पत्रकार महासंघ जाजरकोट शाखाको आयोजनामा २२औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव भव्य रूपमा सम्पन्न भएको छ। धान बालीमा सघनता, खाद्य सुरक्षा र आत्मनिर्भरता ,भन्ने मूल नाराका साथ भेरी नगरपालिका–१, कालेगाउँस्थित खेतमा आयोजित कार्यक्रममा पत्रकार, सुरक्षाकर्मी, सरोकारवाला, स्थानीय किसान तथा विभिन्न निकायका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

महासंघका उपाध्यक्ष विनोद कुमार घर्तीका अनुसार, यस वर्ष सरकारी तहबाट औपचारिक कार्यक्रम नहुँदा महासंघले नै अग्रसरता लिएर कार्यक्रम आयोजना गरेको हो। घर्तीकै अध्यक्षतामा कार्यक्रम सञ्चालन गरिएको थियो।कार्यक्रममा महासंघका सल्लाहकार बालकुमार शर्माले औपचारिक जानकारी दिँदै धान दिवसको सन्देशमूलक पक्षको महत्वलाई स्मरण गराए। उनले कृषि, संस्कृति र पत्रकारिता बीचको सम्बन्धलाई उजागर गर्दै यस्ता कार्यक्रम आबश्यक रहेको बताउदै यो दिवस केवल रोपाइँको उत्सव होइन, कृषि संस्कृति, खाद्य सुरक्षाको प्रतिवद्धता र स्थानीय उत्पादनलाई आत्मनिर्भर बनाउने अभियान पनि हो। पत्रकारले समाचार लेखेर मात्रै होइन, प्रत्यक्ष खेतमा पुगेर किसानसँगै धान रोपेर भब्यसङग धान दिवस मनाएका छन ।

प्रकाशित मिति : २०८२ असार १५ गते आइतबार