
असार ११ जाजरकोट । मानवअधिकार तथा सामाजिक न्याय अभियान भन्ने मुल नाराका साथ जिल्ला स्तरीय सरोकरावालाहरुसंग युवा मानवअधिकार रक्षकहरुका सवालमा समन्वयात्मक कार्यक्रम जाजरकोट सदरमुकाम खलंगामा संचालन भएको छ ।
संजालका अध्यक्ष प्रेम विश्वकर्माको अध्यक्षतामा संचालन भएको कार्यक्रममा नागरिक समाजका अगुवा राजेन्द्र विक्रम शाह , गैर सरकारी संस्था महासंघ जाजरकोटका अध्यक्ष सहदेव वस्नेत , भेरी ज्ञानोदय क्यम्प्सका क्याम्पस प्रमुख वलराम भण्डारी , ऐम्नेस्टि इन्टरनेशन नेपालका जाजरकोट संयोजक खम्ब जंग शाह , अन्र्तरपार्टी महिला संजालकाका अध्यक्ष राम छायाँ शाही,सामुदायिक रेडियो प्रशारक संघ कर्णाली प्रदेशका कोषाध्यक्ष बालकुमार शर्मा लगाएतका व्यक्तिहरुको सहभागीता रहेको थियो ।
युवा मानव अधिकार रक्षकहरुका जारजकोटका प्रमुख सवालहरुका वारेमा जिल्लाका युवा मानव अधिकार रक्षकहरुले परिचय सहित आ आफ्ना भनाइहरु राखेर छलफलको शुरुवात गरिएको थियो । कार्यक्रम ग्रामिणमुखी युवा अभियान नेपाल (रोयम नेपाल ) एइआइएन लक्जम्बर ,जिल्ला स्तरीय युवा मानव अधिकार रक्षक संजाल जाजरकोटको सहकार्य तथा आयोजनामा सम्पन्न भएको समन्वयात्मक कार्यक्रममा नेपाल राष्टिय दलित समाज कल्याण संघका कार्यवहाक अध्यक्ष रति नेपाली र कार्यक्रम संयोजक कृष्ण तिरुवा लगाएतले मानव अधिकारका क्षेत्रमा दलित बालबालिकाको क्षेत्र ,महिला अधिकारको क्षेत्रमा उपस्थित सहभागीहरुलाई कार्यक्रममा आवश्यक समन्वय गरेका थिए ।
कार्यक्रममा उपस्थित सहभागीको छफल तथा जिल्लाका सरोकारवालाहरुको उपस्थितीमा जिल्लामा अझै मानव अधिकारको क्षेत्रमा धेरै कुराहरुमा वकालत आवश्यक रहेको निस्कर्ष निकालिएको छ । कार्यक्रममा जिल्ला स्थिीत विभिन सरोकारवाला निकायहरुको प्रतिनिधित्व रहको थियो । कार्यक्रममा ग्रुप विभाजन गरेर मावन अधिकार रक्षकको विषयमा छलफल गरेर निचोड निकालिएको थियो । समूहले आ आफ्ना विषयमा प्रस्तुती गरेका थिए ।
जारकोटमा २०८१ पौष १५ गते जिल्ला स्तरीय मानव अधिकार रक्षक संञ्जाल जुनीचादे गाँउपालिका बाहेक ६ पालिकाका युवाहरुको उपस्थिीतीमा मानव अधिकार रक्षक संजालहरुको गठन गरिएको थियो । जिल्लाका विभिन्न स्थानमा मानव अधिकारका घटनाहरुको न्युनिकरण गर्न मावन अधिकारको सुनिश्चत कायम गराउन , लगाएतका उदेश्य राखि संजाल गठन भएको हो ।
नेपाल पत्रकार महासंघ , गैसस महासंघ , नागरिक समाज लगाएतका संघ संस्थाको अगुवाइमा मावन अधिकार रक्षक युवा संजाल गठन भएको थियो । रोयम् नेपाल प्रदेस संयोजक सन्तोष वि.क.को सहजिकरणमा वेला वेलामा मानव अधिकार संम्वन्धि छलफल हुदै आएको छ । कार्यक्रममा विभिन्न मानव अधिकारका आधारभुत पक्षरुका बिषयमा छलफल समेत गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्