सत्य तथ्य समाचार, सूचनाको सञ्चार
२०८३ साउन १० गते आइतबार

“जाजरकोटमा सर्वाधिक पुरस्कार राशिको कविता प्रतियोगिता



लिला पौडेल असार ८। जाजरकोट्मा यहि असार १८ गते जाजरकोट खलंगामा वृहत साहित्यीक कार्यक्रम हुने भएको छ । सामाजिक विकास कार्यालयको आर्थिक सहयोग तथा बारेकोट सहित्य कला केन्द्रको आयोजनामा त्रिभुबन मा.वि खलंगाको सभाहलमा खुल्ला र विद्यालय स्तरीय कविता प्रतियोगिता हुने भएको हो

आज सामाजिक विकास कार्यालय जाजरकोटमा वसेको जिल्लाका सरोकारवालाहरुको उपस्थितीमा यस्तो निर्णय गरिएको हो । सम्भव त जिल्लामा यस आर्थिक वर्षको सवै भन्दा वढी पुरस्कार राशि भएको कविता प्रतियोगिता हुने आयोजकले जनाएको छ ।
कार्यक्रमलाई भव्य र सभ्य बनाउन भोलि विहान एक कार्यक्रम व्यवस्थापन समिति समेत गठन हुने छ उक्त समितिले जिल्लामा प्रचार प्रशार गर्ने ,कार्यक्रमको आवश्यक व्यवस्थापन तथा समन्वय गर्ने छ । उक्त कार्यक्रममा जिल्लाका सवै साहित्यीक मनहरुलाई कार्यक्रम मार्फत सार्वजनिक रुपममानै आमन्त्रन समेत गरिएको बारेकोट सहित्य कला केन्द्रका अध्यक्ष कालि प्रसाद थापाले बताउनु भयो ।

कार्यक्रमको आइतवार देखि प्रचार प्रसार अगाडी वढाइने छ ,पछिल्लो समय जाजरकोटमा जाजरकोट संम्पदा  प्रतिष्ठानले जिल्लामा साहित्यक गतिविधि ,कला सस्कृतीको संरक्षणमा विभिन्न क्रियाकलाप वढाएसंगै कवितामा विद्यार्थी देखि युवाहरु आर्कषण देखिन थालेको पत्रकार बालकुमार शर्माले बताउनु भयो ।
यस्तै योगेश्वर स्मृती प्रतिष्ठान , लेखनाथ साहित्य प्रतिष्ठान , अन्र्तरपार्टी महिला संजाल ,महिला अधिकार मञ्च र स्थानीय तहहरुका बाल क्लव संजालले गर्दा यो क्षेत्रमा रुची वढेको पाइएको जिल्ला समन्वय समितिका प्रमुख कालि बहादुर खत्रीले वताउनु भयो ।
असार १८ गते हुने कविता प्रतियोगितामा भाग लिन विद्यालय स्तर र खुल्ला गरि दुई भागमा कविताको मुल्याकण हुने छ जस अन्तर्रगत एक विद्यालयबाट १ जना छात्रा र १ जना छात्रले विद्यालय बाट प्रतिनिधित्व गर्न पाउने छन् भने खुल्ला स्तरमा जो सुकैले भाग लिन पाउने छन् दुवैको एकै साथ प्रतियोगिता हुने छ तर सहभागी कुन कलस्टरबाट सहभागीता भएको सो भने वाचन गर्नु अधि उदघोषकले स्पष्ट बनाउने छन् ।

मुल्याकण कर्ताले सोहि अनुशार उपलव्ध भएको मुल्याकण सिटमा मुल्याकण गर्ने छन् । प्रतियोगितालाई निश्पक्ष मूल्याकंण गर्नलाई कार्यक्रम सम्पन्न भएको केहि समयमानै मुल्याकणको नतिजा अंक भार समेत सुनाइने छ ।
कार्यक्रममा सहभागीता जनाउन आयोजकले सवै साहित्यीक रुची भएकालाई कविता मौलिक रुपमा आफैले लेखेर ल्याउन र मोवाइल नं. ९८६५११८०३८ मा कविताको शिर्षक र सहभागीको नाम ठेगाना १७ गते वेलुका ५ वजे सम्म एस एम एस मार्फत दर्ता गर्न अनुरोध गरेको छ ।

यसरी दर्ता भएका कविताहरु जिल्लाको इतिहासमा दर्ज गर्न सवै स्मारिका प्रकाशनमा समावेश समेत गरिने भएको आयोजकले जनाएको छ ।

प्रकाशित मिति : २०८२ असार ८ गते आइतबार