सत्य तथ्य समाचार, सूचनाको सञ्चार
२०८३ साउन १३ गते बुधबार

अमेरिका निवासी शाहलाई मानार्थ सदस्य घोषणा



जाजरकोट । जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानले अमेरिका निवासी तथा जाजरकोट घर भई हाल अमेरिकामा बसोबास गर्दै आएका सुरेश जंग शाहलाई संस्थाको पहिलो मानार्थ सदस्यको ओहोदा प्रदान गरेको छ।

प्रतिष्ठानको कार्यालयमा आयोजित कार्यक्रममा संस्थाका अध्यक्ष कार्यसमिति पदाधिकारीहरूको उपस्थिति रहेको थियो। पत्रकार, कानून व्यवसायी लगायत सरोकारवालाहरू समेत सहभागी रहेका थिए। सुरेश जंग शाहले आफू विदेशमा रहे पनि जन्मथलो जाजरकोटको माया, सम्झना आउने र जिल्लाको समृद्धि तथा युवालाई राष्ट्र निर्माणतर्फ प्रेरित गर्न सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउदै उनले भूकम्प लगायत विपद्को बेला एनआरएनमार्फत राहत तथा सहयोग गर्दै आएको स्मरण गर्दै भविष्यमा पनि सहयोग निरन्तर रहने बताए।

कार्यक्रममा अध्यक्ष के.सी.ले जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानले जिल्लाको ऐतिहासिक, सांस्कृतिक, धार्मिक सम्पदा संरक्षण र प्रवर्द्धनमा सक्रिय भूमिका खेल्ने बताए। उनले संस्थाले प्रकाशित विभिन्न सामग्री र क्यालेन्डर शाहलाई हस्तान्तरण गरेका थिए। संस्थाका पदाधिकारीहरूले सुरेश जंग शाहको योगदानको प्रशंसा गर्दै आगामी दिनमा पनि निरन्तर सहकार्य रहने विश्वास व्यक्त गरेका थिए।

प्रकाशित मिति : २०८२ असार ५ गते बिहीबार