जाजरकोट । जाजरकोट भेरी नगरपालिका–१ कालेगाउँकी सन्जिता शाह अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) केन्द्रिय सदस्यमा निर्वाचित भएकी छिन्।
हालै काठमाडौंमा सम्पन्न अनेरास्ववियुको महाधिवेशनबाट कर्णाली भूगोल तर्फ महिला कोटामा सर्वाधिक ७९ मत ल्याउँदै उनी निर्वाचित भएकी छन । १७ वर्षीया शाह कर्णालीको भूगोल तर्फ महिला कोटामा प्रतिस्पर्धा गर्दै सर्वाधिक ७९ मत प्राप्त गरेकि हुन।
उनी यसअघि पनि अनेरास्ववियु कर्णाली प्रदेश कमिटीमा सबैभन्दा कान्छी सदस्यको रुपमा निर्वाचित भएकी थिइन्। विद्यार्थी राजनीतिमा सक्रिय शाहले छोटो समयमा यस्तो उपलब्धि हासिल गर्दा उनको राजनीतिक यात्रा प्रति परिवार, विद्यालय तथा स्थानिय तहबाट शुभकामना प्राप्त भइरहेको छ। सन्जिताले अध्ययनलाई निरन्तरता दिँदै विद्यार्थी हकहित, शिक्षा सुधार, महिला अधिकार र युवाहरूको सशक्तिकरणलाई मुख्य प्राथमिकतामा राख्ने बताइन।



































प्रतिक्रिया दिनुहोस्