सत्य तथ्य समाचार, सूचनाको सञ्चार
२०८२ असोज ३ गते शुक्रबार

कोपिला भ्याली स्कूललाई अन्तर्राष्ट्रिय मान्यता



सुर्खेत।  वीरेन्द्रनगर १ मा अवस्थित कोपिला भ्याली स्कूलले ‘World’s Best School Prizes 2025’ अन्तर्गत वातावरणीय कार्य (Environmental Action) श्रेणीमा विश्वभरका उत्कृष्ट १० विद्यालयको सूचीमा स्थान बनाउन सफल भएको छ।

सुर्खेतमा आयोजित पत्रकार सम्मेलनमा कोपिला भ्याली सेवा समाजका प्रबन्ध निर्देशक टोपबहादुर मल्लले विद्यालयको ‘ग्रीन स्कुल क्याम्पस’ अभियान र यसको महत्वबारे जानकारी गराउनुभयो। विद्यालयले जल, माटो र जैविक स्रोतको संरक्षणमा आधारित शिक्षण–पाठन पाठन विधि अपनाउँदै गुणस्तरीय र दिगो शिक्षा प्रदान गर्दै आएको छ।

प्रतियोगितामा उत्कृष्ट ५० विद्यालयमध्येबाट एक विद्यालयलाई जनमतको आधारमा Community Choice Award प्रदान गरिनेछ। मतदान आजैदेखि खुला गरिएको छ।विजेता विद्यालयहरूको घोषणा सन् २०२५ को अक्टोबरमा गरिनेछ । साथै, सबै अन्तिम प्रतिस्पर्धी विद्यालयलाई यस वर्ष नोभेम्बर १५–१६ मा अबुधाबी, यूएईमा आयोजना हुने  World Schools Summit  मा आमन्त्रित गरिनेछ, जहाँ उनीहरूले आफ्नो अनुभव नीति निर्माताहरूसँग साझा गर्ने अवसर पाउनेछन्। । सार्वजनिक मतदान आजै विहान ११ बजेबाट खुल्ला भइसकेको छ । मतदान गर्न कोपिला भ्याली सेवा समाजको वेवसाइड मा गएर गर्न सकिने भन्दै सम्पूर्णमा मतदानका गरी सहयोग गरीदिन निर्देशक मल्लले आग्रह समेत गर्नुभएको छ ।

साथै, उत्कृष्ट १० मा परेका सबै विद्यालयहरूलाई आगामी नोभेम्बर १५–१६ मा अबुधाबी, यूएईमा आयोजना हुने ‘World Schools Summit’ मा आमन्त्रण गरिनेछ, जहाँ उनीहरूले नीति निर्माता तथा शिक्षासम्बन्धी विज्ञहरूसँग आफ्नो अनुभव र अभियान साझा गर्ने अवसर पाउनेछन्।

 

प्रकाशित मिति : २०८२ असार ५ गते बिहीबार