लिम्सा । बारेकोट गाउँपालिका–१ स्थित रामीडाँडा स्वास्थ्य चौकीलाई बारेकोटकै पहिलो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा गरिएको छ। विहीबार आयोजित औपचारिक कार्यक्रममार्फत चौकीलाई पोषणमैत्री घोषणा गरिएको हो।
स्वास्थ्य चौकी इन्चार्ज विष्णुराज ज्योतिका अनुसार चौकीले जनशक्ति व्यवस्थापन, उर्जा, खानेपानी, शौचालय तथा फोहोर व्यवस्थापन, औषधि सुरक्षित प्रयोग, सामाजिक सचेतना, भौतिक संरचना व्यवस्थापनजस्ता १० मापदण्ड तथा १६ वटा सूचकहरू पूरा गरेपछि पोषणमैत्री स्वास्थ्य संस्थाको मान्यता पाएको हो।
चौकीले नियमित गर्भजाँच, संस्थागत जन्मेकी आमाहरूलाई एक घण्टा भित्र स्तनपान गराउने व्यवस्था, भिटामिन ‘ए’ र जुकाको औषधि वितरण, छ महिनासम्मको पूर्ण स्तनपान तथा त्यसपछि पूरक आहार, पूर्ण खोप सेवा, किशोरीहरूलाई फोलिक एसिड चक्की वितरण, झाडा–पखाला भएका बिरामीलाई जिंक चक्की तथा पुनर्जलिय झोलको प्रयोग जस्ता सेवा पुरा गरेको छ।बाँकी एउटा सूचक पनि छिट्टै पुरा गरिने प्रतिवद्धता जनाइएको छ।





























प्रतिक्रिया दिनुहोस्