सत्य तथ्य समाचार, सूचनाको सञ्चार
२०८३ जेठ ५ गते मंगलबार

राउटे समुदायलाई नगद र सामग्री हस्तान्तरण



जाजरकोट । भेरी नगरपालिका स्वास्थ्य शाखाका प्रमुख दिपक बहादुर वलीले आफ्नो ४० औँ जन्मदिनको अवसरमा राउटे समुदायलाई नगद, खाद्यान्न तथा लत्ताकपडा वितरण गरेका छन्।सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ स्थित झुप्राखोला पुगेर उनले राउटे बस्तीमा पाँच हजार नगद, एक बोरा चामल र गर्भवती तथा सुत्केरी महिलाहरूलाई आवश्यक लत्ताकपडा हस्तान्तरण गरेका हुन्।

सो अवसरमा प्रमुख वलीले राउटे समुदायलाई स्वास्थ्य सुरक्षासम्बन्धी जानकारी पनि प्रदान गरे। उनले राउटे समुदायका सदस्यहरूले भिटामिन ‘ए’ र जुकाको औषधि सेवन गरेको नसेवेको अवस्था बुझ्नुका साथै अत्यधिक मदिरा सेवनका कारण स्वास्थ्य अवस्था कमजोर बन्दै गएको बताए।

“राउटेहरूको स्वास्थ्य सुधारका लागि मदिरा सेवन घटाउने सचेतनामूलक कार्यक्रम र सरकारी ध्यान आवश्यक छ,” वलीले भने।

प्रकाशित मिति : २०८२ जेठ ३० गते शुक्रबार