सत्य तथ्य समाचार, सूचनाको सञ्चार
२०८३ जेठ ५ गते मंगलबार

जग्गा विवादको विषयमा झडप हुँदा दैलेखमा एक जनाको ज्यान गयाे



दैलेख  । जग्गा विवादको विषयमा झडप हुँदा दैलेखमा एक जनाको ज्यान गएको छ । भैरवी गाउँपालिका–६ कुर्माकोटका ५१ वर्षीय रामबहादुर हमालको ज्यान गएकाे प्रहरीले जनाएकाे छ ।

गएराति कुर्माकोटको ज्यामुडाँडामा भएको झडपमा हमाल घाइते हुनुभएकाे र कर्णाली प्रदेश अस्पतालमा उपचारका क्रममा आज ज्यान गएको दैलेखका प्रहरी नायब उपरीक्षक (डीएसपी) गणेशबहादुर बरालले जानकारी दिनुभयो ।

पीडित पक्षले दिएको उजुरीका आधारमा एकैघरका कुलबहादुर सिंह, मनिषा सिंह र सुरेन्द्र सिंहलाई पक्राउ गरिएको र थप अनुसन्धान भक्षरहेको डीएसपी बरालले बताउनुभयाे ।

प्रकाशित मिति : २०८२ जेठ २९ गते बिहीबार