सत्य तथ्य समाचार, सूचनाको सञ्चार
२०८३ वैशाख १६ गते बुधबार

१४जना विकलांग वालवालिकालाई ट्याकसुट वितरण गरेर मनाइन् जन्मदिन



जाजरकोट । जाजरकोट नलगाड नगरपालिका महिला बालबालिका तथा नागरिक शाखामा कार्यरत ज्याेती रावलले जन्मदिनकाे अवसरमा ट्याक सुट वितरण गरेकी हुन् ।शुक्रबार आफ्नो जन्म उत्सवकाे अवसरमा वालवालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख ज्योति रावलले रावलले नलगाड नगरपालिका वडा न ०४ स्थित जनता प्राथमिक विद्यालयमा सन्चालित बिशेष स्रोत कक्षामा अध्ययनरत १४ अपाङगता भएका बालबालिकालाई ट्रयाक सुट बितरण गरेकी हुन्।

साथै उक्त अवसरमा उनीहरुसगै केक काटेर जन्म दिन मनाएकी हुन्। त्यस विद्यालयमा अध्ययनरत रहेका अनाथ र अपाङगता भएका बालबालिकालाई पहिलाे प्राथमिकतामा राखेको हुन् आफ्नो जन्मस्थान रहेकाे विद्यालयका बालबालिकालाई सहयोग गरेकाेमा निकै आनन्द भएको रावल बताउछिन्।

नलगाड नगरपालिकाका १३वटै वडाबाट विकलांग भएका वालवालिका अध्ययनरत भएकोले मलाई यही स्थान उपयुक्त लाग्याे।आफ्नो एउटा सहयाेगले उनीहरुकाे मुहारमा खुसी छाएकाे छ ।मैले व्यक्तिगत रुपमा १८हजार , बराबरकाे ट्याक सुट वितरण गरेकी हुँ रावलले भनिन्।

प्रकाशित मिति : २०८२ जेठ २४ गते शनिबार