सत्य तथ्य समाचार, सूचनाको सञ्चार
२०८३ साउन १३ गते बुधबार

प्रेम वली रक्तदाता समाज जाजरकोटको अध्यक्षमा



जाजरकोट । जाजरकोटमा नेपाल स्वंयमसेवी रक्तदाता समाज जाजरकोटको नयाँ अध्यक्षमा प्रेम वली सर्वसम्मत रूपमा चयन भएका छन्। शुक्रबार खलंगामा सम्पन्न रक्तदाताको भेलाबाट नयाँ कार्यसमिति गठन गरिएको हो।

उपाध्यक्षमा प्रतिक परियार, सचिवमा प्रेमबहादुर विक, सहसचिवमा निराज सिंह, र कोषाध्यक्षमा जुनु परियार चयन भएका छन्। त्यस्तै, अर्जुन शाही, जयबहादुर चन्द, विवश विक्रम शाहसहित नौ सदस्यीय समिति बनेको छ।

संस्थामा रेडक्रस, जिल्ला अस्पताल, मालिका सामुदायिक केन्द्र, लाइन्स क्लबका प्रतिनिधि तथा सात जना सल्लाहकार समावेश गरिएको छ। अध्यक्ष वलीका अनुसार, रगत अभावले ज्यान जान नदिन संस्था सक्रिय रहनेछ। नियमित रक्तदान, जनचेतना अभियान, र आपतकालीन रगत व्यवस्थापनमा प्राथमिकता दिइनेछ।

प्रकाशित मिति : २०८२ जेठ २३ गते शुक्रबार