आठबिसकोट, रुकुम पश्चिम । आठबिसकोट नगरपालिका–९ स्थित भेरी नदीमा तीन बालबालिका डुबेका छन्। उनीहरू मध्ये बर्ष १२ कि भगवती नेपाली लाई स्थानीयहरूले उद्धार गरेर अस्पताल पुर्याए पनि उपचारको क्रममा उनको मृत्यु भयो।
बेपत्ता बालबालिका भने सुरेन्द्र कुसारीका छोरा महेश कुसारी बर्ष १० र छोरी आशा कुसारी १२ बर्ष हुन्। उनीहरू विद्यालयबाट फर्कने क्रममा नदीमा पौडी खेल्ने क्रममा डुबेका हुन्।
घटनाको खबर पाउनासाथ प्रहरी निरीक्षक गणेश खनालको कमाण्डमा नौ जनाको टोली घटनास्थलतर्फ गएको छ। जिल्ला प्रहरी कार्यालय जाजरकोटबाट पनि विभिन्न प्रहरी टोलीहरू खोजी कार्यमा खटिएका छन्। घटनास्थलमा बालबालिकाका लुगा, चप्पल र साइकल फेला परेका छन्। खोजीकार्य अझै जारी छ।
प्रकाशित मिति : २०८२ जेठ २३ गते शुक्रबार




























प्रतिक्रिया दिनुहोस्