सत्य तथ्य समाचार, सूचनाको सञ्चार
२०८३ जेठ ५ गते मंगलबार

खिरखिरे सामुदायिक वनमा २०० बिरुवा रोपियो



जाजरकोट । वातावरण दिवसको अवसरमा जाजरकोट बन डिभिजन कार्यालयको आयोजनामा खिरखिरे सामुदायिक वन क्षेत्रमा वृक्षारोपण कार्यक्रम गरिएको छ । वन संरक्षण र प्रवर्द्धनका लागि हरेक वर्ष (जुन ५) मा आयोजना गरिने यस वातावरण दिवसमा यसपटक पनि प्लास्टिकजन्य फोहोरको व्यवस्थापन, जलवायु परिवर्तन न्यूनीकरण र वातावरणीय अतिक्रमणको नियन्त्रण जस्ता उद्देश्यलाई प्राथमिकता दिएर फोहोरमैला व्यवस्थापन गरी भेरी नगरपालिका–३ स्थित खिरखिरेमा वृक्षारोपण गरिएको हो।

उक्त कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख दलबहादुर सिंहको उपस्थितिमा कलकी फूल, बकाइनो, अमला, कपुर, किदु, तिमिला, चिउरी, सिसौ, मसला लगायतका करिब २०० वटा विभिन्न प्रजातिका बिरुवा रोपिएको बन डिभिजन कार्यालय जाजरकोट डिभिजनल वन अधिकृत कृष्ण राम धितालले जानकारी दिनुभयो।

कार्यक्रममा उद्योग उपभोक्ता समिति,प्राविधिक शिक्षालयकाविद्यार्थीहरू,विभिन्न सरोकारवालाहरूको उल्लेख्य उपस्थिति थियो । डिभिजनल बन अधिकृत कृष्ण राम धितालले सामुदायिक बन समितिलाई रोपिएका बिरुवाहरूको संरक्षणमा सक्रिय रहन आग्रह गर्दै भन्नुभयो, “दीगो वन व्यवस्थापनमार्फत भविष्यका पुस्ताले समेत यसको लाभ लिन सकून् भन्ने उद्देश्यका साथ हामी प्रतिबद्ध छौं।” साथै, उहाँले जिल्लाभरिका सामुदायिक वन क्षेत्रहरूमा यसैगरि निरन्तर वन पुनःस्थापनाको प्रयास जारी राख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

प्रकाशित मिति : २०८२ जेठ २२ गते बिहीबार