सत्य तथ्य समाचार, सूचनाको सञ्चार
२०८३ जेठ ५ गते मंगलबार

इन्जिनियरिङ संगठन जाजरकोटको नेतृत्वमा थापा



जाजरकोट । नेपाल राष्ट्रिय इन्जिनियरिङ संगठन (प्राविधिक) जाजरकोटको प्रथम भेला सम्पन्न भएको छ। भेलाले पदम थापाको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो।

समितिको उपाध्यक्षमा पवन खत्री, सचिवमा पुष्पराज गौतम चयन भएका छन्। भेलामा जिल्लाभरिका प्राविधिक तथा इन्जिनियरहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा संगठनको उद्देश्य, भावी योजना तथा जिल्लामा प्राविधिक विकासका सम्भावनाबारे विस्तृत छलफल गरिएको थियो।

निर्वाचित अध्यक्ष थापाले जिल्लाका प्राविधिकहरूबीच एकता सुदृढ गर्दै व्यावसायिकता र प्रविधिको प्रवर्द्धनमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता जनाएका छन्।

प्रकाशित मिति : २०८२ जेठ २२ गते बिहीबार