सत्य तथ्य समाचार, सूचनाको सञ्चार
२०८३ वैशाख १९ गते शनिबार

जाजरकोटमा अनाथ बालबालिकालाई शैक्षिक सामग्री वितरण



जाजरकोट । १८औँ गणतन्त्र दिवसको अवसरमा भेरी नगरपालिका -३ स्थित बालबालिका उद्धार केन्द्रमा बसोबास गरिरहेका १० जना अनाथ बालबालिका लाई कापी- कलम वितरण गरिएको छ।

जिल्ला समन्वय समिति जाजरकोटको आयोजनामा र भेरी नगरपालिकाको आर्थिक सहयोगमा सम्पन्न कार्यक्रममा प्रति बालक एक दर्जन कापी,कलम, दुई पाकेट कलम र एक थान पानी फिल्टर प्रदान दिएको हो।

उपप्रमुख सीता जैसीले उद्धार केन्द्रमा नियमित अनुगमन गर्ने बताइन् भने जिल्ला समन्वय समितिका प्रमुख कालीबहादुर खत्रीले सबै पालिकाबाट उद्धार कोष सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरे।कार्यक्रममा विभिन्न निकायका प्रमुख, जनप्रतिनिधि, पत्रकार र नागरिक समाजका प्रतिनिधिको उपस्थिति थियो।

प्रकाशित मिति : २०८२ जेठ १६ गते शुक्रबार