जाजरकोट । जाजरकोट मा महिला अधिकारको सम्मान, आत्मनिर्भरता हाम्रो अभियान भन्ने नारासहित ७औं राष्ट्रिय महिला अधिकार दिवस जाजरकोटमा विभिन्न कार्यक्रमका गरि मनाईने भएको छ। भेरी नगरपालिका सभाहलमा आयोजित यस कार्यक्रम मा अर्थपूर्ण महिला सहभागिता र चुनौतीहरू विषयमा केन्द्रित उक्त कार्यक्रममा महिलाको सामाजिक, राजनीतिक र आर्थिक सहभागिता बढाउनुपर्ने आवश्यकता बारे गम्भीर छलफल गरिएको थियो।
कार्यक्रममा विभिन्न तहका जनप्रतिनिधि,राजनीतिक दल, महिला अभियन्ता, पत्रकार , युवाहरू तथा सरोकारवाला निकायहरूको उल्लेखनीय उपस्थिति थियो। वक्ताहरूले महिलाको निर्णय प्रक्रियामा सहभागिता बजेट , क्षमता अभिवृद्धि गर्न ,स्थानीय तहहरूले महिला अधिकार र लैंगिक समानताको सवालमा अझ प्रतिबद्ध भएर काम गर्नु पर्ने सुझावहरू पनि कार्यक्रममा उठाइएका थिए।
प्रकाशित मिति : २०८२ जेठ १५ गते बिहीबार



































प्रतिक्रिया दिनुहोस्