सत्य तथ्य समाचार, सूचनाको सञ्चार
२०८३ जेठ ५ गते मंगलबार

जाजरकोटमा सञ्चारकर्मीलाई विपद् सम्बन्धी कार्यशाला सम्पन्न



जाजरकोट । जाजरकोटमा नेपाल पत्रकार महासंघ जाजरकोट शाखा र सामुदायिक आत्मनिर्भर सेवा केन्द्रको “प्रतिबद्ध ३ परियोजना” सँगको सहकार्यमा सञ्चारकर्मीहरूका लागि एक दिने विपद् व्यवस्थापन कार्यशाला सम्पन्न भएको छ। कार्यक्रम भेरी नगरपालिका–४ स्थित आर आर होटलमा आयोजना गरिएको थियो।

कार्यशालामा विपद् जोखिम, पूर्वसूचना प्रणाली, ग्रामीण सडक निर्माण र पुनर्निर्माण अनुगमन लगायतका विषयमा प्रशिक्षण दिएको थियो । सहभागीहरूले  रिपोर्टिङ , समाचार माफर्त सूचनाको माध्यम बाट आम नागरिकलाइ जीवन बचाउने कुरा सिकाएउदै आफ्न अनुभव साटासाट गर्दै व्यवहारिक ज्ञान प्राप्त गरे।

कार्यक्रमको अन्त्यमा आयोजक अनिता रावलले धन्यवाद दिँदै यस्ता कार्यशालाले सञ्चारकर्मीहरूलाई सशक्त बनाउने बताइन्। महासंघका उपाध्यक्ष विनोद घर्तीले समापन गरेका थिए।

प्रकाशित मिति : २०८२ जेठ १५ गते बिहीबार