सत्य तथ्य समाचार, सूचनाको सञ्चार
२०८३ जेठ ५ गते मंगलबार

गणतन्त्र दिवसमा जाजरकोटमा प्रभात फेरी सम्पन्न



जाजरकोट । जाजरकोट  मा १८औँ गणतन्त्र दिवसको अवसरमा जाजरकोट सदरमुकाम खलंगामा प्रभात फेरीसहित विशेष कार्यक्रम सम्पन्न भएको छ। यो प्रभात फेरी जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय र भेरी नगरपालिकाको समन्वयमा निकालिएको थियो।

भेरी नगर परिसरबाट सुरु भएको प्रभात फेरी खलंगा बजार परिक्रमा गर्दै गैरीखालीस्थित बालमन्दिरमा पुगेर सभामा परिणत भएको थियो। कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, शिक्षक, विद्यार्थी, पत्रकारलगायतको व्यापक सहभागिता थियो।

कार्यक्रम जिल्ला समन्वय समिति प्रमुख काली बहादुर खत्रीको अध्यक्षतामा सञ्चालन भएको थियो। नेकपा माओवादी केन्द्रका कर्णाली प्रदेश सदस्य प्रताप जैसी, नेकपा एमालेका जिल्ला उपाध्यक्ष विश्वविक्रम शाह र नेपाली कांग्रेसका उपसभापति खडक बीसीले गणतन्त्रको महत्वमा आफ्ना धारणा राखेका थिए।

जिल्लामा तीन दिनसम्म विविध कार्यक्रमहरू सञ्चालन भइरहेका छन्। आज खुला ब्याटमिन्टन प्रतियोगिता हुँदैछ भने भोलि बालबालिकालाई कापी, कलम वितरण कार्यक्रम तय गरिएको छ।

प्रकाशित मिति : २०८२ जेठ १५ गते बिहीबार