टुकमाया घर्ती जाजरकोट । आई.एन.एफ. नेपाल जाजरकोट भुकम्प पुनलाभ परियोजना अन्तर्गत भुकम्प प्रतिरोधी घर निर्माण भएको छ । नलगाड ,नगरपालिका ४ लहँमा उक्त घर निर्माण गरिएको हाे। हासिराम कामीकाे घर नगर प्रमुख डम्बरबहादुर रावत तथा उप मेयर देवका लामिछाने ज्युबाट अनुगमन गरि हस्तान्तरण गरिएकाे छ ।
समुदायको क्षमता विकास गरि पूर्नलाभ तथा पूर्वतयारीका कार्यक्रमहरु संचालन गरिएको यस वडामा कार्यक्रमका संयाेजक देवी प्याकुरेलले जानकारी दिए । आउने वर्ष ५वटा घर पुःन निर्माण गरिने छन्।स्थानिय स्तरमा विपद्को समयमा खोज तथा उद्धार कार्य गर्न आवश्यक पर्ने सीप तथा सामाग्रीहरुको माग गर्दै वन डढेलो नियन्त्रण, गाउँ घर सरसफाई अभियान, खानेपानी उपभोक्ता समितिहरु गठन तथा मर्मत संम्भारकोष र औजारहरु सहयोग, विभिन्न स्वयंसेवकहरुलाई ज्ञान तथा सीपहरु प्रदान, स्वच्छता प्रबद्र्धन तथा आयआर्जनसँग सम्बन्धित विभिन्न गतिविधिहरु आई. एन. एफ. नेपालले यस वडासँग समन्वय गरि संचालन गरिरहेको छ । जसबाट सबै भूकम्प प्रभावित समुदायहरुको पुर्नलाभका लागि सहयोग पुग्ने प्याकुरेलकाे विश्वास छ ।नलगाड नगरपालिकाका वडा प्राविधिक सुरेन्द्र रावललेआइ. एन. एफ .नेपालले वडामा एउटा भूकम्प प्रतिरोधि नमुना घर निमार्ण कार्य सम्पन्न गरेको बताए ।
२काेठामा उक्त घर साथै ,पक्की शाैचालय भाडा राख्ने चाङ,जुठ्यान समेत निमार्ण गरिएको हाे ।यस संस्थाबाट निर्माण गरिएको घर नमुना अन्तर्गत रहनेछ यश कार्यक्रमका टिम लिडर चुल्लु चाैधरी भन्छन्।आगामी दिनमा अन्य घरहरु पनि यसै अनुसार बनाउनका लागि सबै घरमूलीहरुलाई जानकारी दिने उद्धेश्यले यो घर निमार्ण गरिएको हो ।उक्त घर निमार्ण गर्नु भन्दा पहिला आई. एन. एफ.बाट ७ दिने आधारभूत मिस्त्री तालिमको आयोजना गरिएको थियो ।यस तालिमका सहभागीहरु सहित अन्य दक्ष मिस्त्री परिचालन गरि नेपाल सरकारको भवन निमार्ण आचार संहिता बमोजिम निमार्ण गरिएको हो ।यस किसिमका घरहरु निमार्ण गर्न थोरै समय लाग्ने र धेरै आथिर्क भार पनि नपर्ने देखिन्छ । स्थानीय सामाग्रीहरु घरमूलीले जुटाउन सके अझ लागत कम पर्न जान्छ । करिब रु ७ देखि ८ लाख ( मोटरबाटोको सुविधा पुगेको र नपुगेको स्थान अनुसार लागत मूल्य कम र बढी हुने सामाग्री ढुवानीका लागि ) सम्मको लागतमा ईन्टरलक ब्लकको प्रयोग गरि निमार्ण गर्न सकिन्छ ।अन्य सुविधाहरु घरमूलीेले व्यवस्थापन गर्दा लागतमा केहि हुन सक्छ । याे नमुना घर निमार्णको क्रममा नलगाड नगरपालिका मेयर, उप मयेर, प्रमुख प्रशासकिय अधिकृत, प्राविधिक शाखा प्रमुख लगायतले नमुना घरको अनुगम गरेका थिए । निमार्ण सम्पन्न पश्चात प्राविधिक शाखा प्रमुख ई.उमेश खड्का सहितको टोलिले अनुगमन गरि नेपाल सरकारको मापदण्ड अनुसार कार्य सम्पन्नताको जानकारी गराएका छन् ।
आई .एन .एफ .नेपालको रु. ७,लाख ३६, हजार७सय७ रुपैयाँ लागेकाे र हाँसीराम कामीले १लाख ४५ हजार ७सय ४७ रुपैया व्यक्तिगत रुपमा लगानी गरेका हुन्। ८,लाख ८२हजार ३ सय५४ रुपैयाँमा लागत खर्चमा २ कोठे भुकम्प प्रतिरोधी नमुना घर निर्माण भएको हाे ।वडा ४मा सबैभन्दा गरिव ,दलित पनि भएकोले वडावाट छनाेट गरिएको वडा अध्यक्ष बर्दी बहादुर पन्तले जानकारी दिए।अब यो बर्ष देखि जीविकोपार्जनको क्षेत्रमा पनि काम गर्ने योजना रहेको छ ।३वटा खानेपानी काम मर्मत तथा नयाँ खानेपानी पनि सञ्चालनमा रहेकाे छ ।,वर्षाै देखि पानीकाे अभाव झेल्दै आएका लहँका बासिन्दाहरुकाे खानेपानीको अभाव टरेकाे पन्त बताउँछन् । घर बनेपछि हासीराम कामी भन्छन् ‘अब मेरो जीवनमा घर बनाउने काम पुरा भएको छ । म धेरै खुशी छु । घर निर्माण कार्यमा सहयोग पुर्याउने संस्था आई. एन. एफ. नेपाल, त्यसमा काम गर्ने कर्मचारी, मलाई घर निर्माणमा सिफारिस गर्ने वडाका जनप्रतिनिधीहरु, घर निर्माणमा सहयोग गर्नुहुने प्राविधिक, मिस्त्री, लेबर लगायत सवैलाई धेरै धेरै धन्यवाद दिएका छन् । हाँसीराम वनपाले हुन् दिनभर वनजङगल हेर्ने ,वन्यजन्तु हेरेर जङ्गलमा पस्नबाट जाेगाउने उनकाे काम हाे गाउँलेले अन्नपात उठाएर दिन्छन् उसैवाट उनीसहित ५जनाकाे परिवार बाँचिरहेकाे छ । गरिव र दलित परिवारका उनी भुकम्प पछि घरबार विहिन बनेका हुन् ।अवका बाँकि दिन हाँसेर बिताउने हो । ऋण त लागेको छ तर चिन्ता छैन बिस्तारै सव ठिक हुन्छन् कामी भन्छन्।





























प्रतिक्रिया दिनुहोस्